(Japan) 24 th August | 2026 | Monday | 11:39:56 AM || (Nepal) 8:24:56 AM
 
 


कोरोनाको खोप जापानमा फेब्रुवरी १५ मा स्विकृत हुने, लगत्तै खोप लगाउन सुरु

  POSTED ON : Thursday, 21 January, 2021 | Views : 1730

कोरोनाको खोप जापानमा फेब्रुवरी १५ मा स्विकृत हुने, लगत्तै खोप लगाउन सुरु


टोकियो, जापान ।

अमेरिकी फर्मा कम्पनी फाइजर इंकले बनाएको कोरोना भाइरस विरोधी खोपले जापानमा फाष्ट–ट्र्याक अनुमति पाउने भएको छ ।स्वास्थ्य मन्त्रालयले एक समितिको बैठक बोलाउँदा फेब्रुअरी १५ मा खोपले अनुमति पाउन सक्ने एक स्रोतले बुधवार बताएको हो ।

फाइजरको खोप यस अघि नै मन्त्रालयले प्रयोगलाई अनुमति दिनेबारे विचार गरिरहेको एक मात्रै खोपको रुपमा रहेको छ । प्रधानमन्त्री योशिहिदे सुगाले यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा देशको आधाभन्दा धेरै जनसंख्यालाई पुग्ने खोप सुरक्षित गर्ने वाचा गरेका छन् ।

जापान सरकारले ७ करोड २० लाख मानिसका लागि पर्याप्त खोप आपूर्ति गर्न फाइजरसँग सहमति गरेको छ । यो खोप यहाँको आधा जनसंख्या भन्दा बढीलाई पुग्नेछ ।

जापानमा फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन शुरु गरिने छ । शुरुमा स्वास्थ्यकर्मीहरुलाई खोप दिइनेछ । त्यसपछि मार्चको अन्त्यमा ६५ वर्ष वा सो भन्दा बढी उमेरका अनि त्यसपछि भने दीर्घ रोग भएका बिरामी र वृद्धवृद्धाको हेरचाह गर्नेलाई खोप दिइनेछ ।