(Japan) 24 th August | 2026 | Monday | 11:40:02 AM || (Nepal) 8:25:02 AM
 
 


साईतामामा अस्पालतमै कोरोना महामारी फैलंदा ३१० जना संक्रमित, ३१ को निधन

Jack Khadka   POSTED ON : Sunday, 17 January, 2021 | Views : 4540

साईतामामा अस्पालतमै कोरोना महामारी फैलंदा ३१० जना संक्रमित, ३१ को निधन


साईतामा, जापान ।

जापानको साईतामा प्रिफेक्चरको एक अस्पतालमा सामुहिक रुपमा कोरोना भाइरस संक्रमण फैलंदा कम्तिमा ३१ जनाले ज्यान गुमाएका छन् ।

अस्पतालमा क्लस्टरको रुपमा प्रकोप फैलंदा ३ सय १० जना संक्रमित पाईएका छन् ।

साईतामा प्रिफेक्चरको तोदा शहरमा रहेको 'तोदा चुओ जनरल हस्पिटल'मा जनवरी १४ तारिखमा यस्तो महामारी पुष्टि गरिएको हो ।

संक्रमित हुनेमा अस्पतालमा भर्ना भएका बिरामी, बिरामीका आफन्त, अस्पतालका कर्मचारी सहित नर्स र चिकित्सकहरु रहेका छन् ।

अस्पतालका अधिकारीहरुलाई उद्दृत गर्दै साईतामा प्रिफेक्चरका अधिकारीहरुले अस्पताल भित्रमात्रै फैलिएको संक्रमणबाट ३१० जनामा पोजेटिभ पाईएको र जसमध्ये ३१ जनाको निधन भएको बताएका छन् ।

अस्पताल अधिकारीहरुका अनुसार गत बर्षको नोभेम्वर महिनामा पहिलो पटक एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस पश्चात एकपछि अर्को संक्रमणका घटना बढ्ने क्रममा  महामारीको रुपमा संक्रमण फैलंदा जनवरी १४ तारिखमा संक्रमित भएका कुल व्यक्तिको संख्या ३ सय १० पुगेको छ ।

जसमा ३१ जना कोरोनाका बिरामीले ज्यान गुमाईसकेका छन् ।

प्रिफेक्चर सरकारले कसरी समुहगत रुपमा संक्रमण फैलन गयो भनेर असावधानी तथा हेलचेक्राइका बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।

तोदा चुओ जनरल अस्पताल त्यस क्षेत्रमा आपतकालिन उपचार स्थलको रुपमा चर्चित अस्पताल हो । तर अस्पताल भित्रै कोरोना संक्रमण महामारीको रुपमा फैलिएपछि अस्पतालले डिसेम्बर यता अन्य रोगका बाहिरि बिरामीहरु उपचार गर्न बन्द गरेको छ ।

अहिले प्रिफेक्चरले कोरोना संक्रमण प्रतिरक्षा मुख्यालय मार्फत अस्पतालहरुलाई पुर्व अवस्थामा फर्काउन तथा स्वास्थ्यकर्मीहरुलाई कसरी सुरक्षित बनाउने भनेर काम गरिरहेको बताएको छ ।