(Japan) 24 th August | 2026 | Monday | 11:42:40 AM || (Nepal) 8:27:40 AM
 
 


जापानको एक औषधीले कोरोनाका गम्भिर बिरामीको मृत्युदर २४ प्रतिशत घटायो

  POSTED ON : Wednesday, 13 January, 2021 | Views : 4692

जापानको एक औषधीले कोरोनाका गम्भिर बिरामीको मृत्युदर २४ प्रतिशत घटायो


टोकियो, जापान ।

जापानी कम्पनी च्युगाई फर्मास्युटिकलले बनाएको आर्थरिटिस औषधि कोरोना भाइरसको विरुद्धमा प्रभावकारी उपचार भएको बेलायत सरकारले बताएको छ । च्युगाईको एक्टेम्रा नामक सो तोसिलिजुम्याब औषधिले बेलायत सरकार समर्थित एक परीक्षणमा कोभिड-१९ का कारण बिरामीको मृत्यु दर घटाउन २४ प्रतिशतसम्म प्रभावकारी पाइयो ।

औषधिको प्रयोगले आईसीयूमा उपचार गराउनु पर्ने दिन पनि १० दिनबाट घटेर ७ दिनमा झार्यो । परीक्षणको नतिजालाई बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले महामारीबाट बाहिर निस्कने क्रममा उल्लेख्य सफलताको संज्ञा दिएका छन् । यसको प्रयोगबाट हुने उपचारले भाइरसलाई परास्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा उनले विश्वास समेत व्यक्त गरे ।

बेलायतमा हालैका दिनमा नयाँ प्रकारको कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । यसका कारण कारण अस्पतालमा भार बढेको छ । सरकारले देशभर आईसीयूमा एक्टेम्राको प्रयोगलाई अनुमति दिएको छ । सरकारले च्युगाईको मातृ कम्पनी रोचेसँग सहकार्य पनि गर्ने बताइएको छ ।

अक्टेम्राको उत्पादन र यूरोपमा औषधि विक्री वितरणमा सरकारले रोचेसँग सहकार्य गर्नेछ । जापानमा पनि मेयता कोभिडका बिरामीमा सो औषधिको क्लिनिकल परीक्षण चलिरहेको छ । अर्को एक परीक्षणमा भने बिरामीलाई अक्टेम्रा र रेम्देसिभिर दुबै प्रयोग गर्दा हुने प्रभाव जाँच भइरहेको छ । यी परीक्षण्को नतिजा आइसकेको छैन । च्युगाईले जापानमा यसै वर्ष सो औषधि प्रयोगका लागि नियामक सामु अनुमति माग्न खोजिरहेको छ ।