टोकियो, जापान ।
मोहन केसीले निर्देशन गरेको चलचित्र 'बुकी' निर्माण सम्पन्न भएको घोषणा गरिएको हो ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मसको प्रस्तुति रहने चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रको नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ ।
लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन् । जो भलिबल खेलिरहेका छन् । भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेका छन कि १ तर, निर्माण पक्षले प्रष्ट भने पारेको छैन ।
बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको समयमा फुल्ने गर्छन् । स्थानीय बासिन्दाले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूललाई बुकी फूल भन्ने गरिएको हो । यो चलचित्रले खेलकुद तथा प्रकृतिबिचको सम्बन्धको कथा भन्ने छ ।
चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । निर्मातमा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा,रमेश थापा लगायत छन् । क्रिएटिभ प्रोडुसरमा राजेश थापा र बसुन्धरा खरेल छन् । को(प्रोडुसरमा जितु थापा, सुनील बुढाथोकी छन् ।
कलाकारमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायत छन् ।
एशोसिएट डिरेक्टरमा आशुका अर्याल, चिफ असिस्टेन्ट डिरेक्टरमा आचार्य गोपाल छन् । विकास गन्दर्भको डीओपी रहने चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गर्नेछन् । कलर मनोरञ्जन श्रेष्ठले गर्नेछन् । असिस्टेन्ट डिरेक्टरमा टाईग्रिस, निशा दाहाल, उज्वल अधिकारी रहेका छन् ।
लोकेशन साउण्डमा बिसन बस्नेत, सिमान्त थापा, डाइमन्ड आचार्य र निर्जल खत्री छन् । ड्रोनमा टार्जन लिम्बु रहने सिनेमामा संगीत दीपक शर्मा र एचबीएन किस्मतको रहनेछ । राकेश दाहालको पब्लिसिटी डिजाइन रहनेछ । एमयूएमा श्याम मल्ल, प्रोडक्सन हेडमा थम्मन थापा छन् भने मिडिया कोडिनेटरमा शुरक्षा भट्टराई रहेकी छन् ।