टोकियो, जापान ।
प्रख्यात भारतीय शास्त्रीय एवं आधुनिक गायिका मधुबन्ति बाक्छीले जापानको राजधानी टोकियोमा आफ्नो पहिलो विशेष लाईभ सांगीतिक कन्सर्ट प्रस्तुत गर्न लागेकी छिन् । यस कार्यक्रमलाई जापानमा रहेका भारतीय, जापानी सहित भारतीय गीत संगितप्रेमी नेपालीहरुले ठूलो उत्सुकतासाथ पर्खिरहेका छन् ।
कार्यक्रमको मुख्य विशेषताहरूमा लाईभ सांगितिक व्याण्ड सहित गायिका मधुबन्तिले आफ्ना डेढ दर्जन गीत प्रस्तुत गर्ने भएकी छिन् । साथमा कार्यक्रममा भारतीय तथा जापानी कलाकारहरुले विभिन्न सांगितिक प्रस्तुतीहरु प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
मधुबन्ति बाग्छिका मोरे सैयाँ, पिया मिलन की आस, राधे कृष्ण, जब से तुम संग, तुम भिँ जियो नहि, रंग दे चुनरिया, उहि अम्मा, आज कि रात लगायत सयौं लोकप्रिय गीतहरु रहेका छन् ।
लाईभ कन्सर्टका दौरानमा समेत गायिका मधुबन्ति बाक्छीले गीत प्रस्तुत गरिरहँदा उक्त गीतमा जापानी तथा भारतीय नृत्यांगनाहरुले नृत्य प्रस्तुत गर्ने भएका छन् ।
कार्यक्रम जुलाई ११ तारिख शुक्रबार साँझ आयोजना गरिएको छ । टोकियोको एदोवागा सिटि कल्चरल सेन्टरको १५ सय दर्शक क्षमताको भव्य हलमा कन्सर्ट आयोजना हुने भएको छ । कार्यक्रम साँझ ठिक ७ बजेबाट ९ बजेसम्म चल्नेछ । मधुबन्ति बाक्छीको सांगितिक कन्सर्टको समय अघि भारतीय तथा जापानी कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु पस्कनेछन् ।
मधुबन्ति बाक्छीले जापानी संस्कृति र संगीतप्रति गहिरो सम्मान राख्दै, आफ्ना चर्चित गीतहरूसँगै केही जापानी धुनहरू पनि भारतीय शैलीमा प्रस्तुत गर्नेछिन् । उनको यो प्रयासले दुबै देशबीच सांस्कृतिक आदान प्रदानलाई बढावा दिने अपेक्षा आयोजकको छ ।
जापानमा भारतीय संगीत र कलाकारहरूप्रति रुचि बढ्दै गइरहेको छ । मधुबन्तिको यो कार्यक्रम जापानी श्रोताहरूका लागि भारतीय संगीतको गहिराइ र विविधतासँग परिचित हुने एक अवसर हो। यसले दुबै देशबीच कलात्मक सहयोगलाई पनि अगाडि बढाउने विश्वास गरिएको छ।
जापानमा धार्मिक, सांस्कृतिक तथा सांगितिक कार्यक्रमहरु आयोजना गर्दै आएको चारुकोलाले यस कन्सर्टको आयोजना गरेको हो । कन्सर्ट आयोजक चारुकोलाका सदस्यहरु आफुहरु जापानमा भारतीय संगीतको उत्कृष्ट प्रस्तुतिलाई लिएर आउन सक्दा गर्वित महुशस गरेको बताउँदै, मधुबन्ति जस्ता प्रतिभाशाली कलाकारले यहाँका दर्शकहरूलाई अविस्मरणीय अनुभूति दिने विश्वास व्यक्त गर्दछन् ।
यस कन्सर्टको टिकटहरू अलईभेन्ट्स ईन वेवसाईटमा उपलब्ध छ । जसमा जापानसमाचार (JAPANSAMACHAR) कोड प्रयोग गरेर ५००० येनको टिकटमा १,००० येन छुट पाउन सक्नुहुनेछ ।
यसअघि पनि बाक्छीले अन्तर्राष्ट्रिय मंचहरूमा आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गरिसकेकी छिन् । जापानमा हुने यो कन्सर्टले उनको संगीत यात्रालाई अर्को माथिल्लो चरणमा पुर्याउने अपेक्षा गरिएको छ ।