(Japan) 17 th May | 2025 | Saturday | 6:31:11 PM || (Nepal) 3:16:11 PM
 
 


जापानमा शिरीष र इन्दिराको रोमान्स म्यूजिक भिडियोमा छताछुल्ल !

  POSTED ON : Sunday, 20 April, 2025 | Views : 2188

जापानमा शिरीष र इन्दिराको रोमान्स म्यूजिक भिडियोमा छताछुल्ल !


टोकियो, जापान ।

प्रेमिल जोडिको प्रेमलाई झल्काउने सुमन केसी र दीपा लामाको सुमधुर स्वरमा सजिएको 'तिम्रो माया' बोलको गीत सार्वजनिक भएको छ ।

यहि प्रेमिल गीतमा जापानमा रहेर म्यूजिक भिडियोहरुमा मोडलिंग र स्टेजमा आफ्नो प्रस्तुती पस्कँदै आएका शिरीष गौतम र इन्दिरा केसीको अन स्किृन रोमान्टिक अभिनय देख्न सकिन्छ ।

जापानको हिमालि क्षेत्र सहित माउन्ट फुजी र आसपासको सुन्दर दृश्यलाई कैद गरिएको म्यूजिक भिडियोलाई उत्कृष्ट ढंगले छायाँकन र निर्देशन गोविन्द विष्टले गरेका हुन् । जसलाई मोडलद्धय ईन्दिरा र शिरीषले अभिनयमा न्याय गरेका छन् ।

गीतको शब्द लेखन किशोर पोखरेलले गरेका हुन् भने संगीत अञ्जन कडरियाले भरेका हुन् । सुमन केसीको संगीत संयोजन रहेको गीतमा गिटार र ब्याक म्युजिक सञ्जीव बराइलीले भर्दा बाँसुरीमा रत्नले साथ दिएका छन्।

गीतको रेकर्ड द पिक स्टुडियोमा गरिएको थियो भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । भिडियोको सम्पादन र कलर ग्रेडिङ भने विकास ज्ञवालीले गरेका हुन् ।

जिएमएस म्यूजिक एण्ड फिल्मको प्रतुतीको रुपमा ल्याइएको म्यूजिक भिडियोमा मेकअप कलाकारको रुपमा अञ्जु पौडेलले भूमिका निभाएकी छिन् ।

जापानमा नै नीर्मित नेपाली म्यूजिक भिडियोहरु मध्ये उत्कृष्ठ हुनेगरि आफुहरुले मेहनत गरेकाले सोहि अनुसार प्रतिक्रिया र दर्शकहरुको साथ पाउन थालेको भिडियो निर्देशक गोविन्द विष्ट बताउँछन् ।

म्यूजिक भिडियो