टोकियो, जापान ।
जापानको आओमोरी प्रिफेक्चर केन्द्र भएर सोमबार राति शक्तिशाली भूकम्प गएको छ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार राति ११ बजेर १५ मिनेटको समयमा ७ दशमलव दुई म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।
सुनामीपछि आओमोरी, इवाते तथा होक्काइदो आसपासका सामुद्रिक क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन तर भूकम्पका कारण ठूला भवनहरू समेत गम्भीर रुपमा हल्लिएको बताइएको छ।
भूकम्पको कम्पन राजधानी टोकियोसम्म महसुस गरिएको थियो।
जापान मौसम विज्ञान एजेन्सीले आगामी एक सातासम्म समान स्तरको शक्तिशाली भूकम्प जान सक्ने भन्दै सचेतता अपनाउन आग्रह गरेको छ।
सुनामीको चेतावनी जारी गरिएको सामुद्रिक क्षेत्र आसपासमा नजानका लागि आग्रह गरिएको छ भने सुनामीको स्तर १ मिटरसम्मको उचाइमा आउन सक्ने अनुमान गरिएको छ ।
…
यस भूकम्पको तीव्रता ७.६ म्याग्निच्युड मापन गरिएको छ र यसको केन्द्रविन्दु जमिनबाट करिब ५० किलोमिटर गहिराइमा थियो।
भूकम्पका कारण होक्काइदोदेखि इवाते प्रिफेक्चरसम्मको प्रशान्त महासागरको तटीय क्षेत्रहरूमा सुनामी आउन सक्ने भन्दै सुनामी चेतावनी जारी गरिएको छ।जापानी मौसम विज्ञान निकायका अनुसार सुनामीको लहरहरू केही स्थानमा ११:३० बजेदेखि १२:१० बजेसम्म आइपुग्ने अनुमान गरिएको छ।
तटीय क्षेत्रका बासिन्दालाई तत्काल उच्च तथा सुरक्षित स्थानतर्फ जान र समुद्रबाट टाढै रहन चेतावनी दिइएको छ। प्रारम्भिक रिपोर्टमा ठूलो क्षतिको जानकारी नआए पनि अवस्थाको निरन्तर अनुगमन भइरहेको छ।
यस क्षेत्रमा यस क्षेत्रमा नेपालीहरुको पनि बसोबास छ, कृपया तटिय क्षेत्रमा हुनुहुन्छ भने सुरक्षित स्थानमा जानुहुन अनुरोध गर्दछौं ।