टोकियो, जापान ।
जापानमा आईतबार दिउँसो शक्तिशाली भूकम्प पछि जारी गरिएको सुनामीको खतराको चेतावनी हटाइएको छ ।
जापान मौसम विज्ञान एजेन्सीले उत्तरी प्रान्त इवातेको लागि सुनामीको चेतावनी हटाएको हो । इवातेको तटमा ६.९ म्याग्निच्युडको भूकम्प पछि यो चेतावनी जारी गरिएको थियो ।
...
जापानको इवाते प्रिफेक्चरको तटीय क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प महसुस गरिएको छ । भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले यस क्षेत्रका लागि सुनामीको चेतावनी जारी गरेको छ ।
भूकम्प स्थानिय समय अनुसार दिउँसो ४ बजेर १४ मिनेटमा गएको हो । भूकम्प पछि ईवाते प्रिफेक्चरको तटिय क्षेत्रमा १ मिटरसम्मको सुनामीको चेतावनी जारी गरिएको छ ।
यद्यपी सुनामीको खतराको स्तर चेतावनी मात्र रहेकाले आत्तिनुपर्ने अवस्था भने नरहेको बताइएको छ ।