(Japan) 14 th October | 2026 | Wednesday | 6:38:35 AM || (Nepal) 3:23:35 AM
 
 


अविरलको हिट किक बक्सिङ–५९ विश्व च्याम्पियनसिपमा ऐतिहासिक जित

  POSTED ON : Monday, 07 September, 2026 | Views : 472

अविरलको हिट किक बक्सिङ–५९ विश्व च्याम्पियनसिपमा ऐतिहासिक जित


नागोया, जापान ।

नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले जापानमा आयोजना भएको 'हिट किक बक्सिङ–५९' (HEAT 59) विश्व च्याम्पियनसिपमा ऐतिहासिक जित हासिल गर्नुभएको छ। 

उहाँले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्ड (Matthan Choinard) लाई नकआउट (KO) गर्दै खाली रहेको ISKA K-1 वर्ल्ड सुपर वेल्टरवेट उपाधि आफ्नो नाममा पार्न सफल हुनुभएको हो । 

किक बक्सिङको इतिहासमा यो स्तरको विश्व च्याम्पियनसिपको मेन इभेन्ट जित्ने उहाँ एकमात्र नेपाली खेलाडी हुनुहुन्छ।

हालसम्म २९ वटा अन्तर्राष्ट्रिय व्यावसायिक खेलहरूमा भाग लिइसक्नुभएका घिमिरेले २१ खेलमा सानदार जित हासिल गर्नुभएको छ। 

उहाँले जितेका २१ खेलहरूमध्ये २० वटा खेलमा विपक्षीलाई नकआउट (KO) गर्दै जित निकालेका छन्, जुन आफैँमा एउटा विरलै बन्ने रेकर्ड हो।

यसभन्दा अघि पनि उहाँले चार पटक हिट किक बक्सिङ र सन् २०२४ मा फ्रान्सेली बक्सर एन्टोनिन मार्कोनीलाई हराएर ISKA इन्टरकन्टिनेन्टल उपाधि जस्ता थुप्रै अन्तर्राष्ट्रिय उपाधिहरू जितिसक्नुभएको छ। यस जितले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीको पहिचान तथा प्रतिष्ठालाई थप उच्च उचाइमा पुर्‍याएको छ।