टोकियो, जापान ।
लामो समयदेखि अवरुद्ध नुवाकोट समाज जापानको चौथो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्ष सहित सबै पदहरुमा नयाँ युवा नेतृत्व चयन गरेको छ ।
टोकियो शिनओकुबोमा आईतबार सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा ज्ञानेन्द्र पुडासैनीलाई अध्यक्ष सहित नयाँ कार्यसमिति चयन गरेको हो ।
बन्द सत्र पश्चातको अधिवेशनमा नयाँ नेतृत्व चयनका क्रममा अध्यक्ष तयारीमा रहेकी सन्तोषी अधिकारीले ज्ञानेन्द्र पुडासैनीलाई अध्यक्षमा सहयोग गर्दै मार्ग प्रसस्त गर्दै उपाध्यक्षमा रहन तयार भएकी थिइन् । तर महासचिवमा बिमान सिंह मोक्तान र शिवराम ढकालको दावेदारी कायम रहँदा सहमतीको लागि अधिकारी महासचिवमा र मोक्तान र ढकाललाई उपाध्यक्षमा सहमत गराइएसँगै सर्वसम्म नेतृत्व चयन भएको हो ।
नुवाकोट समाज जापानको नयाँ कार्यसमितिमा अध्यक्षमा ज्ञानेन्द्र पुडासैनी, उपाध्यक्षमा बिमान सिंह मोक्तान र शिवराम ढकाल चयन भएका छन् । यसैगरि एकमात्र महासचिव पदमा सन्तोषी अधिकारी चयन भएकी छिन् ।
सचिव तर्फ गणेश प्रसाद ढकाल, गोकर्ण भट्टराई डेविड, र अशोक खतिवडा चयन हुँदा कोषाध्यक्ष पदमा शिव प्रसाद रिमाल चयन भएको निर्वाचन कमिटिले जनाएको छ । सह कोषाध्यक्षमा भने प्रदिप भट्ट चयन भएका छन् ।
सदस्यहरु तर्फ कृष्ण लामिछाने, ज्ञानु ढकाल, नवराज पाण्डे, पाण्डव पण्डित, सञ्जय देवकोटा, सत्य तामागं, सरोज मुडवरी, रामकृष्ण भट्ट, शैलेश कुमार पुडासैनी, अशोक भट्ट, प्रल्हाड पुडासैनी, नवराज लामिछाने, सुनिल के.सि., गोकर्ण भट्ट, सन्तोष ढुंगेल र प्रविण तिमिल्सिना चयन भएका छन् ।
नेपालमा नुवाकोट जिल्लाबाट जापानमा बस्दै आएका नुवाकोटेहरुको साझा संस्थाको रुपमा चिनिएपनि झण्डै ७ बर्षदेखि अधिवेशन नभई संस्था मृत प्राय अवस्थामा पुग्दा समाजमा आवद्धहरुको सक्रियता र संस्थाको अस्तित्वनै संकटमा पर्ने अवस्थामा पुगेको थियो । यस्तो अवस्थामा शुन्य प्राय रहेको संस्थाको कोष, जापानमा रहेका नुवाकोटेहरुको बढ्दो बाक्लो उपस्थिति र उनिहरुलाई संस्थामा आवद्ध गर्दै सक्रिय बनाउने चुनौती नयाँ नेतृत्वमा रहेको देखिन्छ ।
चौथो अधिवेशनबाट चुनिएको नयाँ युवा नेतृत्वले जोस र जाँगरका साथ जापानमा रहेका नुवाकोटेहरुसँग बृहत हातेमालो गर्दै सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता छ । संस्थाको क्रियाशिलता, आर्थिक कोष बृद्धि, अन्य संघसंस्थाहरुसँगको कार्यगत एकता, नियमित संस्थागत कार्यक्रमहरु ल्याउँदै संस्थालाई गती दिने नुवाकोट समाज जापानको नयाँ नेतृत्वमा आएका पदाधिकारीहरुले दाबी गरेका छन् ।