(Japan) 1 st May | 2026 | Friday | 6:59:28 AM || (Nepal) 3:44:28 AM
 
 


धादिङ समाज जापानमा नयाँ नेतृत्व चयन

  POSTED ON : Monday, 24 March, 2025 | Views : 1472

धादिङ समाज जापानमा नयाँ नेतृत्व चयन


टोकियो, जापान ।

जापानमा रहेका धादिङ जिल्लावासीहरुको साझा संस्था धादिङ समाज जापानको छैटौँ अधिवेशन सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।

टोकियो सिनओकुबोस्थित सोलमारी मुरा हलमा मार्च २३ तारिख सम्पन्न छैटौँ अधिवेशन बिमल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै समापन भएको हो ।

धादिङ समाज जापानको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिजय सडौला, उपाध्यक्षहरुमा प्रल्हाद अधिकारी, ईश्वरी अर्याल, मंगल बहादुर सुनार र विशाल भन्डारी चुनिंदा महासचिवमा सुशान्त बानियाँ चयन भएका छन् ।

यसैगरि, सचिवहरुमा दिपक बिष्ट र सरोज गिरी,कोषाध्यक्षमा राम बाबु दनाई दोहोरिंदा सह कोषाध्यक्षमा प्रविन नेपाल चयन भएका छन् ।

समाजको नयाँ कार्यसमितिका सदस्यहरुमा गणेश बहादुर अघिकारी, अजय न्यौपाने, समुद्र सडौला, देबिका पण्डित, रंजिता अर्याल, निरज पण्डित, प्रदिप जंग शाह, नबिन राना मगर, दिनेश विश्वकर्मा, सन्तोष श्रेष्ठ, भिनसेन कुवँर, सुनिल जमरकट्टेल, बद्री पौडेल, उपेन्द्र पण्डित र राजेश पण्डित चुनिएका छन् ।

अधिवेशन समाजका निवर्तमान अध्यक्ष श्यामहरि तिम्सिनाको सभापतित्व सम्पन्न भयो भने जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जापानका रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।