(Japan) 18 th April | 2026 | Saturday | 6:03:30 PM || (Nepal) 2:48:30 PM
 
 


जापानमा मध्यावधि चुनाव : संसद विघठन गरेर फेब्रुवरी ८ मा चुनाव

  POSTED ON : Friday, 23 January, 2026 | Views : 728

जापानमा मध्यावधि चुनाव :  संसद विघठन गरेर फेब्रुवरी ८ मा चुनाव


टोकियो, जापान ।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले फेब्रुअरी ८ मा हुने भनिएको मध्यावधि चुनाव अगाडि नै संसद भंग गरेकी छिन् ।

प्रधानमन्त्री ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि चुनाव गराउने मार्ग प्रशस्त गरेकी हुन् । यो निर्णय हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको सत्तारुढ दललाई पुनः सुदृढ बनाउने उद्देश्यले उनको उच्च लोकप्रियताको सदुपयोग गर्ने प्रयासका रूपमा हेरिएको छ ।

४६५ सदस्यीय तल्लो सदनको विघठनले अब १२ दिने चुनावी अभियानको लागि मार्ग प्रशस्त गरेको छ, जुन आधिकारिक रूपमा मंगलबारबाट सुरु हुनेछ ।

यद्यपि, यस कदमका कारण सङ्घर्षरत अर्थतन्त्रलाई गति दिने र बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्य सहितको बजेटमाथि छलफल र मतदान केही समय ढिलाइ हुने देखिएको छ ।

गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित ताकाइचीले पदभार सम्हालेको तीन महिना मात्र भएको छ ।

प्रधानमन्त्री ताकाइचीले ताइवानसमर्थक टिप्पणी गरेपछि चीनसँग जापानको सम्बन्धमा चिसोपन बढ्दै गएको छ । साथै, वासिङ्टन र बेइजिङ दुवैले यस क्षेत्रमै सैन्य उपस्थिति बढाउन खोजिरहेका बेला संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको समीकरणका बीच उनले रक्षा क्षेत्रमा खर्च बढाउने चाहना व्यक्त गरेका छन् ।

सदनका अध्यक्ष फुकुशिरो नुकागाले विघटनको घोषणा गर्नासाथ उपस्थित सांसदहरू उभिएर ‘बान्जाइ’ अर्थात् ‘दीर्घायु’ भन्ने नारा तीन पटक लगाउँदै चुनावी तयारीका लागि तात्कालिक रूपमा सक्रिय भएका थिए ।

जापानको सार्वजनिक प्रसारक एनएचकेले चुनावी अभियानको लागि प्रमुख चुनावी मुद्दाहरू उपभोक्ताहरूको लागि बढ्दो मूल्यहरू साथै चीनसँग बढ्दो तनावको बीचमा सुरक्षा मुद्दाहरूलाई सम्बोधन गर्नु रहेको बताएको छ ।

तकाइचीले नोभेम्बरमा ताइवानमाथि चीनले आक्रमण गरेको जापानको सुरक्षा खतरामा पर्ने विवादास्पद टिप्पणी गरेदेखि टोकियो र बेइजिङ कूटनीतिक विवादमा फसेका छन् । बेइजिङले ताइनवालाई आफ्नो स्वशासित टापुको रुपमा लिंदै आएको छ । जसलाई अमेरिका सहित विश्वका अधिकाशं देशले स्विकार गरेका छन् ।