(Japan) 15 th April | 2026 | Wednesday | 12:42:20 PM || (Nepal) 9:27:20 AM
 
 


पहिले गरम अहिले नरम : जापानी प्रधानमन्त्री ताकाईची चीन नीतिमा पुरानै बचनमा फर्किइन्

  POSTED ON : Thursday, 04 December, 2025 | Views : 1000

पहिले गरम अहिले नरम : जापानी प्रधानमन्त्री ताकाईची चीन नीतिमा पुरानै बचनमा फर्किइन्


टोकियो, जापान ।

चिनिया राष्ट्रपतिसँग भेटेर आएको हप्तादिन नबित्दै चिनलाई चिढ्याउने गरि अभिव्यक्ति दिएपछि कुटनीतिक संकदमा परेकी जापानी प्रधानमन्त्री सानाए ताकाइची चीन नीतिमा पुरानै बचनमा फर्किएकी छिन् ।

पहिले गरम अभिव्यक्ति दिएपनि पुन चीन प्रति नरम अभिव्यक्ति दिंदै जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानसम्बन्धी जापानको अडानमा कुनै परिवर्तन नभएको बताएकी छिन् ।

डिसेम्बर ३ तारिख मंगलबार जापानी संसदको माथिल्लो सदनमा बोल्दै उनले सन् १९७२ को जापान चीन संयुक्त विज्ञप्ति अनुसार नै जापान अघि बढ्ने स्पष्ट पारेकी हुन् । जस अनुसार जापानले एक चिन नीति स्विकार गर्दछ र ताईवानलाई छुट्टै राष्ट्रको रुपमा मान्यता दिंदैन ।

कोमेइतो पार्टीका सांसदले ताइवान सङ्कटको अवस्थामा स्थितिलाई थप बिग्रन नदिन जापानको भूमिकाबारे प्रश्न सोधेका थिए । जवाफमा प्रधानमन्त्री ताकाइचीले ताइवानलाई चीनको भूभाग मान्ने चिनियाँ दाबीलाई जापानले ुबुझेको र सम्मान गरेकोु पुरानो नीति नै कायम रहेको उल्लेख गरेकी छिन् ।

यसैबिच जापान र चीनबिचको कुटनीतिक विवाद बढ्दै जाँदा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले दुई देशको बढ्दो कूटनीतिक विवादमा आफ्नो देशले मध्यस्थताको भूमिका खेल्न सक्ने बताएका छन् । उनले मंगलबार विदेशी सञ्चार माध्यमहरूसँगको कुराकानीमा कुनै पनि पक्ष नलिने स्पष्ट पारेका हुन् ।

आफुले कुनै एक पक्षको समर्थन गर्दा विवाद झनै बढ्न बढ्ने भएकाले आपसी सहअस्तित्वका लागि साझा आधार खोज्नु आवश्यक रहेको उनको भनाइ छ । यो तनाव जापानी प्रधानमन्त्री सानाए ताकाइचीको ताइवानसम्बन्धी टिप्पणीपछि सुरु भएको थियो, जसलाई चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप मानेको छ । 

लीको मध्यस्थताको प्रस्तावले उत्तरपूर्वी एसियाको सुरक्षा जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

जापानी प्रधानमन्त्री ताकाइचीले ताइवानमा चीनले आक्रमण गरेरमा जापानले आफ्नो अस्तित्व माथिको खतरा ठान्ने भनि दिएको विवादास्पद अभिव्यक्तिपछि चीनसँग कुटनीतिक विवाद चुलिएको छ ।