(Japan) 12 th October | 2025 | Sunday | 10:26:04 AM || (Nepal) 7:11:04 AM
 
 

एनआरएनए थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ सहित सर्वसम्म नेतृत्व

  POSTED ON : Tuesday, 29 July, 2025 | Views : 398

एनआरएनए थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ सहित सर्वसम्म नेतृत्व


बैंकक ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा यहाँका अग्रणी व्यवसायी महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

एनआरएनए थाइल्याण्डको १२ औं राष्ट्रिय अधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

नव निर्वाचीत श्रेष्ठ ३० वर्षदेखि थाइल्याण्डमा व्यवसायरत छन् । श्रेष्ठले रिसोर्ट देखि होटल, रेस्टुरेन्ट लगायत सेवामुलक क्षेत्रमा व्यवसाय विस्तार गरेका छन् ।

श्रेष्ठ नेतृत्वको कार्यसमितिमा कान्छा गुरूङ (गाबो) वरिष्ठ उपाध्यक्ष चयन भएका छन् ।

यसैगरि उपाध्यक्षमा राजु बलामी, सारसिङ गुरूङ र आतिश कृष्ण श्रेष्ठ चुनिएका छन् । एनआरएनए थाईल्याण्डको महासचिवमा निरज वैद्य निर्वाचित भएका छन् ।

सचिवहरूमा राज बहादुर साउद र भूषण सिंह नेपाली चुनिएका छन् । कोषाध्यक्षमा अमृत कुमार श्रेष्ठ चयन हुँदा महिला संयोजकमा मेघा बजाजले जिम्मेवारी पाएकी छिन् ।

त्यस्तै सदस्यहरूमा टेक सिंह भाट, मनोज अर्याल, योगेन्द्र क्षेत्री, सुरेन्द्र रानाभाट र अतित कोइराला रहेका छन् ।

अधिवेशनले एनआरएनए थाईल्याण्डबाट अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी) केन्द्रीय सदस्यमा भविन्द्र बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ ।

उमेद कुमार पुन सेरपुन्ज निर्वाचन संयोजक तथा सदस्यहरू शारदा न्यौपाने, भारती लिम्बुनी, जमिला कायस्था र बेनी माधव लेखक सहितको निर्वाचन समितिले निर्विरोध कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिएका छन् ।

सबैको सहयोगबाट सर्वसम्मत नेतृत्व चयन गर्न सकिएको बताउँदै नव निर्वाचीत आईसिसि सदस्य बस्नेतले नयाँ नेतृत्वले नेपालीको हकहितमा अझै सक्रियताका साथ काम गर्ने विश्वास र अपेक्षा रहेको बताए ।