(Japan) 12 th October | 2025 | Sunday | 10:21:07 AM || (Nepal) 7:06:07 AM
 
 

थाई र कम्बोडियाली सेनाबीचको झडपमा कम्तीमा १२ थाई नागरिकको मृत्यु

  POSTED ON : Friday, 25 July, 2025 | Views : 250

थाई र कम्बोडियाली सेनाबीचको झडपमा कम्तीमा १२ थाई नागरिकको मृत्यु


एजेन्सी ।

विवादित सीमा क्षेत्रमा थाई र कम्बोडियाली सेनाबीच झडप हुँदा कम्तीमा १२ थाई नागरिकको ज्यान गएको छ । झडपमा एक सैन्य कर्मचारी र ११ जना सर्वसाधारणको ज्यान गएको थाइल्यान्डका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

दुवै पक्षले एकअर्कालाई पहिलो गोली चलाएको आरोप लगाएका छन् । कम्बोडियाले थाई गाउँमा रकेट प्रहार गरेको र अस्पतालमा आक्रमण गरेको खबरमा उल्लेख छ । यस्तै थाइल्यान्डले कम्बोडियाली सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको छ ।

यसैबीच थाइल्यान्डले कम्बोडियासँगको आफ्नो सम्पूर्ण सीमा बन्द गरेको छ र त्यहाँ रहेका आफ्ना सबै नागरिकहरूलाई अन्यत्र जान भनेको छ । यस्तै कम्बोडियाले थाइल्यान्डसँगको आफ्नो सम्बन्धलाई घटाएको छ ।

एक दिनअघि सीमामा बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएका थिए । त्यसपछि थाइल्यान्डले कम्बोडियाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको थियो ।

यो झडपले दुई दक्षिण पूर्वी एशियाली छिमेकीहरूबीचको लामो समयदेखि चलिरहेको विवादलाई बढाएको सङ्केत गरेको बीबीसीको खबरमा उल्लेख छ ।