(Japan) 17 th April | 2026 | Friday | 10:15:43 AM || (Nepal) 7:00:43 AM
 
 


रूसमा ४९ जना सवार यात्रुवाहक विमान दुर्घटना, सवार कोहिपनि जिवित नभेटिएनन्

  POSTED ON : Friday, 25 July, 2025 | Views : 792

रूसमा ४९ जना सवार यात्रुवाहक विमान दुर्घटना, सवार कोहिपनि जिवित नभेटिएनन्


टोकियो, जापान ।

रूसको सरकारी संस्था तासका अनुसार बिहीबार राडारबाट हराएको यात्रुवाहक विमानको भग्नावशेष देशको सुदूर पूर्वी क्षेत्र अमुरको जंगल क्षेत्रमा फेला परेको छ ।

रुसी अधिकारीहरूलाई उद्धृत समाचारमा विमानमा रहेका सबै जना मृत भएको अनुमान गरिएको छ । उद्दार टोलीले प्रारम्भिक रुपमा कोहिपनि जिवित फेला नपरेको बताएको समाचारमा उल्लेख छ ।

विमान स्थानीय अंगारा एयरलाइन्स द्वारा संचालित एन्टोनोभ एन २४ थियो, र यो अमुरको प्रमुख शहर ब्लागोभेस्चेन्स्कबाट टिन्डा जाँदै थियो।

अमुर क्षेत्रका गभर्नरले सामाजिक सञ्जालमा पोस्ट गर्दै विमानमा ४९ जना सवार थिए ।