(Japan) 17 th April | 2026 | Friday | 10:13:56 AM || (Nepal) 6:58:56 AM
 
 


जापान र अमेरिकाबीच व्यापार सम्झौता : जापानी वस्तुमा अमेरिकाले १५ प्रतिशत कर लगाउने

  POSTED ON : Wednesday, 23 July, 2025 | Views : 704

जापान र अमेरिकाबीच व्यापार सम्झौता : जापानी वस्तुमा अमेरिकाले १५ प्रतिशत कर लगाउने


एजेन्सी ।

लामो समयदेखि विवादमा रहेको अमेरिका र जापान बिचको व्यापारिक कर विवाद सम्झौतामा टुंगिने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार जापानसँग एक 'भब्य' व्यापार सम्झौता भएको छ । जापान सरकारले अझै पुष्टि नगरिसकेको र सम्झौताका विवरणहरु बाहिर आउन बाँकी रहेको सम्झौतामा जापानले १५ प्रतिशत पारस्परिक शुल्क अमेरिकालाई तिर्न स्वीकार गरेको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

ट्रम्पका अनुसार यो सम्झौतापछि जापानमा कार, ट्रक, चामल र अन्य कृषि उत्पादनका लागि अमेरिकी बजार खुल्नेछ । जापानका प्रमुख शुल्क वार्ताकार र्योसेई आकाजावा अमेरिकी राष्ट्रपति भवन ह्वाईट हाउस पुगेको केहि समयमै यो सम्झौताको घोषणा गरिएको हो । उनले यो वार्ताका लागि आठौं पटक अमेरिकी वार्ता समुहसँग भेट गरेका थिए । उनले अघिल्लो दिन अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकसँग दुई घण्टाको बैठक गरेका थिए ।

सम्झौता पश्चात दुई देशबीचको व्यापार सम्बन्धमा देखिएको अवरोध हट्ने विश्वास गरिएको छ । तर यो सम्झौतापछि जापानी व्यापारमा पर्ने असरहरुको बारेमा खुल्न बाँकी रहेको छ ।

ट्रम्पले अन्य व्यापारिक साझेदारहरूसँग पनि वार्तालाई तीव्र पारिरहेका छन्। उनले सामाजिक सञ्जालमा अमेरिकाले फिलिपिन्ससँगको सम्झौता ूसमाप्तू गरेको उल्लेख गरेका छन् । यसमा मनिलाले १९ प्रतिशत ट्यारिफ तिर्ने र दुई देशहरूले सैन्य रूपमा सँगै काम गर्ने समावेश छ।

यसैगरि चीनसँग वाशिंगटनको अगस्ट १२ को भन्सार महसुलको समयसीमा पनि नजिकिँदै छ । अर्को हप्ता स्टकहोममा अमेरिकी अधिकारीहरुले चिनियाँ समकक्षीहरूलाई भेट्नेछन्, र समयसीमा थप वा सम्झौताको प्रयास गर्ने विश्वास गरिएको छ ।