(Japan) 21 st September | 2026 | Monday | 4:54:08 PM || (Nepal) 1:39:08 PM
 
 


दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु

  POSTED ON : Wednesday, 16 July, 2025 | Views : 950

दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु


एजेन्सी ।

अमेरिकामा दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।

अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको हो ।

अमेरिकि सञ्चार माध्यमहरुका अनुसार जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा नेपाली २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको हो । समाचारमा जनाइए अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए ।