एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तत्काल लागू हुनेगरि नयाँ विदेशी विद्यार्थीहरुको भिषा आवेदन रद्द गरेको छ । ट्रम्प प्रशासनले हार्वट विश्वविद्यालयसँगको विवाद बढ्दै जाँदा अमेरिकाको सबै विद्यार्थी भिसा आवेदकहरूको स्क्रिनिङमा अस्थायी रूपमा रोक लगाउन आदेश दिएको छ ।
अमेरिकी राजनीतिक समाचार वेबसाइट पोलिटिकोले मंगलबार रिपोर्ट गरे अनुसार प्रशासनले अमेरिकी दूतावास र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा आवेदकहरूको लागि नयाँ अन्तर्वार्ताको तालिका रोक्न आदेश दिएको छ।
वेबसाइटले नयाँ उपाय प्रस्तुत नभएसम्म यो लागू रहने बताएको छ।
यसले ट्रम्प प्रशासनले अमेरिकामा अध्ययन गर्न आवेदन दिने सबै विदेशी विद्यार्थीहरूलाई उनीहरूको सामाजिक सञ्जाल गतिविधि जाँच गर्न आवश्यक पर्ने विचार गरिरहेको बताएको छ ।
मंगलबार, अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले पत्रकारहरूलाई भनेका थिए 'हामी यहाँ को आउँदैछ भनेर मूल्याङ्कन गर्न हामीले सक्ने हरेक उपकरण प्रयोग गर्न जारी राख्नेछौं, चाहे तिनीहरू विद्यार्थी हुन् वा अन्य ।'
ट्रम्प प्रशासनको कदमले अमेरिकामा अध्ययन गर्न आशा गर्ने सम्भावित अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई असर गर्ने भएको छ ।
ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा अनुदान रद्द देखि बिदेशी विद्यार्थी अध्ययन रोक लगाउने जस्ता अवरोध गर्दै आएको छ ।
क्याम्पसमा हिंसा र यहूदी विरोधी भावना रोक्न आवश्यक रहेको भन्दै ट्रम्प प्रशासनले हालै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वीकार गर्ने स्कूलको प्रमाणपत्र नै रद्द गरेको छ ।
गाजा र प्यालेस्टाइन क्षेत्रमा जारी इजरायली नरसंहारको बिरोध तथा अमेरिकाले गर्दै आएको हतियार अनुदान सहित अमेरिकाले इजरायली मानवताबिरोधी बमबारीको समर्थन बिरुद्ध हावर्ड विश्वविद्यालयका विद्यार्थीहरुले बिरोध जनाएकोमा अमेरिकाले त्यसलाई दबाउन विद्यार्थी अध्ययन नै रोक्ने आत्मघाति कदम चालेको छ ।