काठमाडौं, नेपाल ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'भ्वाइस अफ अमेरिका' बन्द गर्न आदेश दिएका छन् । सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेका हुन् ।
यो समाचार संस्थाले ट्रम्प विरोधी र उग्र गतिविधि गरिरहेको आरोप लगाइएको छ । ट्याक्सबाट चल्ने संस्थाहरू कट्टरपन्थी प्रचारका लागि जिम्मेवार नहुने ट्रम्प प्रशासनको तर्क छ ।
दोस्रो विश्वयुद्धका बेला सन् १९४२ मा अमेरिकाले रेडियो मार्फत भ्वाइस अफ अमेरिकाको सुरुवात गरेको थियो । त्यस बेलामा कम्युनिष्ट बिरोधी र पश्चिमा देशको पक्षमा माहोल बनाउन यसको प्रयोग गरिएको थियो ।
हाल यसमामा १ हजार ३ सय कर्मचारीहरू रहेको बताइएको छ। सबै कर्मचारीलाई तत्कालका लागि काज बिदामा पठाइएको भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले बताएका छन् ।