(Japan) 23 rd September | 2026 | Wednesday | 11:49:59 AM || (Nepal) 8:34:59 AM
 
 


फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टे पक्राउ

  POSTED ON : Tuesday, 11 March, 2025 | Views : 1890

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टे पक्राउ


एजेन्सी ।

फिलिपिन्सको राष्ट्रपति कार्यालयले पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई मंगलबार मनिलाको विमानस्थलमा आइपुग्दा प्रहरीले पक्राउ गरेको बताएको छ ।

कार्यालयले पक्राउ वारेन्ट अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट आएको बताएको छ, जसले उनलाई मानवता विरुद्धको अपराधको आरोप लगाएको छ ।

डुटेर्टेले राष्ट्रपति हुँदा अवैध लागूऔषध विरुद्ध कडा कारबाहीको नेतृत्व गरेका थिए । प्रहरी अधिकारीहरूलाई संदिग्धहरूलाई मार्न उनले अनुमति दिएका थिए ।

धेरै हदसम्म लागू औषध नियन्त्रणमा सफलता मिलेपनि उनले त्यो अभियानको क्रममा ६,००० भन्दा बढी मानिसको मृत्युमा दोषी आरोप लगाइएको छ । मारिएका मध्ये सयौं व्यक्ति निर्दोस भएको पिडित पक्षका परिवारजनले दावी सहित रोड्रीगो बिरुद्ध मुद्दा दायर र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा निवेदन दिएका थिए ।