(Japan) 16 th February | 2026 | Monday | 7:15:47 AM || (Nepal) 4:00:47 AM
 
 


दक्षिण कोरियामा आफ्नै लडाकु बिमानले बम खसाल्दा सात जना घाइते

  POSTED ON : Thursday, 06 March, 2025 | Views : 788

दक्षिण कोरियामा आफ्नै लडाकु बिमानले बम खसाल्दा सात जना घाइते


टोकियो, जापान ।

दक्षिण कोरियामा आफ्नै वायुसेनाको एक लडाकु विमानले सैन्य अभ्यासका क्रममा गल्तीले वस्तीमा बम खसाल्दा सर्वसाधारण घाइते भएका छन् ।

यस घटनामा कम्तिमा सातजना घाइते भएका र जसमध्ये चारजनाको अवस्था गम्भीर रहेको कोरियन समाचार संस्था कोरियन हेराल्डले समाचार प्रकाशित गरेको छ ।

घटना स्थानीय समयअनुसार बिहीबार बिहान १०ः०४ बजे उत्तर कोरियाली सीमा नजिकै रहेको पोचियोन सहरमा भएको हो । दक्षिण कोरियाली वायुसेनाको केएफ–१६ विमानले ती बम खसालेको थियो ।

संयोगवस खसेका आठवटा बममध्ये एउटा मात्र बम विस्फोट भएको बताइएको छ । 

पोचियोनका अधिकारीहरूले बताए अनुसार बम डिस्पोजल टोलीले अन्य सात बमलाई सुरक्षित रूपमा निष्क्रिय पारेका छन् । आसपासका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।