(Japan) 15 th April | 2026 | Wednesday | 7:28:41 AM || (Nepal) 4:13:41 AM
 
 


अमेरिकामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

  POSTED ON : Friday, 06 December, 2024 | Views : 1054

अमेरिकामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी


एजेन्सी ।

अमेरिकाको क्यालिफोर्निया राज्यको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्प गएलगत्तै सुनामीको चेतावनी जारी गरिएकोमा केहि समयपछि उक्त चेतानवी हटाइएको छ । 

सुनामीको चेतावनी लगत्तै सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । क्यालिफोर्नियाको हाफ मून बेमा अवस्थित एक होटललाई सुनामीको चेतावनीका लगागार अलर्ट आएका थिए । 

शक्तिशाली भूकम्प पश्चात क्यालिफोर्नियाको हम्बोल्टमा १० औं हजार मानिस अन्धकारमा बस्न बाध्य छन्, उनीहरुसँग विजुली छैन ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत एवं सहायता सामग्री पठाइएको क्यालिफोर्नियाको उत्तरी तटको प्रतिनिधित्व गर्ने राज्य सिनेटर माइक म्याकगायरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।