एजेन्सी ।
राष्ट्रपति युन सुक येओलले संसदले आफ्नो मार्शल ल घोषणालाई अवरुद्ध गर्ने पक्षमा मतदान गरेपछि केही घण्टामै मार्शल ल हटाएका छन ।
योनहाप समाचार रिपोर्टमा उल्लेख भए अनुसार युनले मार्शल ल सेना फिर्ता लिएपछि दक्षिण कोरियालीहरूले उत्सव मनाएका छन ।
दक्षिण कोरियाको मन्त्रिपरिषद्ले राष्ट्रपति युन सुक येओलले घोषणा गरेको मार्शल ल हटाएको योनहाप समाचार संस्थाले जनाएको छ ।
दक्षिण कोरियाली सेनाले मार्शल ल कमाण्ड भङ्ग गरेको जनाएको छ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मार्शल ल घोषणा गरेपछि संसदहरु र सभामुख संसद भवनको पर्खाल नाघेर संसद छिरेका थिए ।
राष्ट्रिय सभाले उनको सैन्य शासनलाई रोक्नको लागि मतदान गरेपछि उनि केही घण्टामै सैन्य कानून लागूहुने मार्सल ल फिर्ता लिन वाध्य भएका हुन ।