टोकियो, जापान ।
जापानका प्रधानमन्त्री इसिबा शिगेरुले उत्तर कोरियाबाट अपहरित बेपत्ता जापानीहरुको फिर्ताका लागि किम जोगं उनसँग शिखर वार्ताको प्रबन्ध गर्न प्रयास गर्ने वाचा गरेका छन् ।
प्रधानमन्त्री शिगेरुले दशकौंअघि उत्तर कोरियाली एजेन्टहरूले अपहरण गरेका जापानी नागरिकलाई चाँडो फिर्ता ल्याउन उत्तर कोरियासँग शिखर वार्ता गर्ने प्रयासलाई अगाडि बढाउने कुरामा जोड दिएका हुन् ।
इशिबाले शनिबार टोकियोमा अपहरणकारीका परिवार र समर्थकहरूले आयोजना गरेको कार्यक्रममा बोलेका थिए । जुन सभामा करिव ८०० जनाको सहभागीता रहेको थियो ।
इशिबाले अपहरणले राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन गरेको बताएका छन् । उनले अपहरणमा परेका सबैलाई सुरक्षित फिर्ता गराउन सरकार दृढ संकल्पका साथ समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दुई देशबीच बढ्दो आपसी अविश्वासका कारण अवस्था झन् जटिल बन्दै गएको इशिबाले बताए ।
जापान र उत्तर कोरिया बीच यसअघि सन् २००२ मा शिखर वार्ता सहित प्योङयाङ घोषणा जारी भएको थियो ।
इशिबाले उत्तर कोरियाली नेता किम जोङ उनलाई सम्वन्ध सुधारको अवसर नगुमाउन आग्रह गर्ने बताए ।
उनले कसैलाई भेट नगरि कसैको आलोचना गर्नु राम्रो नहुने बताए ।
कार्यक्रममा अपहरणकारी परिवारको समूहका प्रमुख योकोता ताकुयाले उनकी बहिनी, मेगुमी, जुनियर हाई स्कूल प्रथम वर्षको विद्यार्थी हुँदा अपहरणमा परेको बताए ।
उनले आफ्नी बहिनी र अन्य सबै अपहरणकारी उद्धारको पर्खाइमा रहेको बताए । उनले सन् २००२ को जापान–उत्तर कोरिया शिखर वार्तापछि स्थिति जहाँको तहिँ रहेको उल्लेख गरे ।
जापान सरकारले आफ्ना कम्तीमा १७ नागरिकलाई सन् १९७० र १९८० को दशकमा उत्तर कोरियाली एजेन्टहरूले अपहरण गरेको बताउँदै आएको छ । सन् २००२ मा पाँच जनालाई स्वदेश फिर्ता गरिएपनि अझै अन्य १२ जना बेपत्ता छन् र उनिहरु अझै उत्तर कोरियाली नियन्त्रणमा रहेको जापानको दाबी रहँदै आएको छ ।
तर उत्तर कोरियाले भने जापानी अपहरणको मुद्दा सन् २००२ मा नै टुंगिसकेको र उत्तर कोरियामा कुनैपनि जापानी बन्धक नरहेको बताउँदै आएको छ ।
यस बाहेक कुनैपनि शर्त वा मागमा रहेर जापानसँग कुनै वार्ता हुन नसक्ने उत्तर कोरियाले बताउँदै आएको छ ।