(Japan) 16 th April | 2026 | Thursday | 12:26:11 PM || (Nepal) 9:11:11 AM
 
 


राष्ट्रसंघका महासचिवलाई इजरायलको प्रतिबन्ध विश्वमाथिको आक्रमण

  POSTED ON : Thursday, 03 October, 2024 | Views : 1390

राष्ट्रसंघका महासचिवलाई इजरायलको प्रतिबन्ध विश्वमाथिको आक्रमण


एजेन्सी ।

गाजामा इजरायली नरसंहार र लेबनान, इरान सहित सिरिया, यमनमाथि भइरहेको बम बर्षा र युद्ध विस्तारको बिरोध गर्दै आएका संयुक्त राष्ट्रसंघका महासचिवमाथि इजरायलले आफ्नो देश प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ ।

राष्ट्रसंघले इजरायलले आफ्ना कर्मचारीमाथिको पछिल्लो ‘आक्रमण’ तथा महासचिवमाथि यात्रा प्रतिबन्ध विश्वका सर्वमान्य निकायहरुमाथि इजरायली आक्रमण भएको बताएको छ ।

संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले महासचिव एन्टोनियो गुटेर्रेसमाथि इजरायलको यात्रा प्रतिबन्ध ूराजनीतिक उदेश्य र इजरायली सरकारले विश्व निकाय माथि भइरहेको पछिल्लो आक्रमण भएको बताएका छन् ।

डुजारिकले इजरायलले निरन्तर राष्ट्रसंघिय निकायमाथि आक्रमण गर्दै आएको र गुटेरेस माथिको प्रतिबन्ध त्यसकै अर्को रुप भएको बताए ।

काट्जले यसअघि महासचिवलाई इजरायलको विरुद्ध पक्षपाती भएको आरोप लगाएका थिए । गुटरेसले दक्षिणी इजरायलमा अक्टोबर ७ मा हमासको आक्रमणको निन्दा नगरेको तथा गाजा माथिको इजरायली आक्रमण र लेबनान माथिको आक्रमणमा इजरायलले बिरोध गरेको बताएका छन् ।

डुजारिकले इजरायली दावीलाई अस्वीकार गर्दै गुटरेसले हमासको हमलाको बारम्बार निन्दा गरेको उल्लेख गर्दै, संयुक्त राष्ट्रसँघमाथि इजरायली आरोप झुठो भएको बताएका छन् ।