(Japan) 16 th April | 2026 | Thursday | 12:22:08 PM || (Nepal) 9:07:08 AM
 
 


ईरानद्वारा इजरायलमाथि दर्जनौं मिसाइल प्रहार

  POSTED ON : Wednesday, 02 October, 2024 | Views : 904

ईरानद्वारा इजरायलमाथि दर्जनौं मिसाइल प्रहार


एजेन्सी ।

इजरायलले लेबनानमाथि हवाई संगै स्थल आक्रमण थालेपछि नजिकको मित्ररास्ट्र ईरानले इजरायलमाथि आक्रमण थालेको छ । 


ईरानले इजरायली राजधानी तेलअभिव दर्जनौं मिसाइल आक्रमण गरेको हो । ति मध्ये अधिकांशलाई आफ्नो मिसाइल प्रतिरक्षा प्रणालीले रोकेको इजरायलले बताएको छ । 


इजरायलले प्यालेस्टाइनको गाजालाई बम र मिसाइल सहित स्थल आक्रमणबाट तहसनहस बनाउदै करिव ४२ हजार ब्यक्तिको नरसंहार गरेको छ ।


गाजा नरसंहारपछि लेबनानमाथि उस्तैखाले आक्रमण थालेपछि ईरानले प्रतिकार थालेको हो ।


इरानको आईआरजीसीले हिजबुल्लाह, हमास र आईआरजीसीका अधिकारीहरूको हत्याको बदला लिन दशौं मिसाइल प्रहार गरेको जनाएको छ ।


राष्ट्रसंघ, चीन, रुस सहित अधिकांश राष्ट्रले इजरायलले छिमेकी राष्ट्रमाथि थालेको सैन्य आक्रमणले अरब राष्ट्र युद्वको संघारमा पुगेको चेतावनी दिंदै आएका छन । 


तर इजरायलले त्यसलाई नकार्दै लेबनान माथि आक्रमण थालेपछि ईरानले प्रतिवाद गरेको हो । गाजामा इजरायली  नरसंहारको बचाउ गर्दै आएको अमेरिकाले लेबनानमाथि आक्रमण थाल्न नपाउदै उसको बचाउ गर्दै साथदिने बताइसकेको छ ।