टोकियो, जापान ।
जापानको सरकारले दक्षिणी लेबनानमा इजरायली सेनाले स्थल आक्रमण थाल्न लागेको घोषणाको बिपक्षमा जापानले आफ्नो मत प्रकट गरेको छ ।
इजरायली अतिक्रमण बिरुद्ध लड्दै आएको लडाकु समूह हिजबुल्लाह विरुद्ध इजरायलको भूमि आक्रमण सुरु भएपछि मङ्गलबार 'गम्भीर चिन्ता' व्यक्त गर्दै जापानले द्वन्द्वको थप वृद्धि रोक्न अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।
मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले तत्काल युद्धविरामको लागि आह्वान गर्दै, नागरिकको हताहती रोक्न सबै सम्भावित उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिँदै र सम्बन्धित पक्षहरूलाई कूटनीतिक समाधान खोज्न अनुरोध गरेका छन् ।
सरकारका शीर्ष प्रवक्ता हयाशीले पत्रकार सम्मेलनमा टोकियोले लेबनानमा रहेका करिब ५० जापानी नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रयास गरिरहेको बताएका छन् ।
यसअघि मङ्गलबार, इजरायलको सेनाले सन् २००६ यता लेबनानमा पहिलो पटक स्थल आक्रमण गरेको हिज्बुल्लाहविरुद्ध ूसीमित, स्थानीयकृतू भूमिगत कारबाही सुरु गरेको घोषणा गरेको थियो ।
हिजबुल्लाह सदस्यहरूलाई लक्षित गर्दै घातक पेजर र वाकी टकी विस्फोटहरू, लेबनानको राजधानी बेरुतमा समूहको मुख्यालयमा इजरायलले ठूलो मात्रामा हवाई हमला र यसका नेता हसन नसरल्लाहको हत्या पछि यो आक्रमण भएको हो ।
इजरायलले थालेको लेबनान, सिरिया, गाजा लगातय क्षेत्रको आक्रमणपछि मध्य पूर्वमा द्वन्द्व बढ्ने अवस्था देखिएको छ ।
मध्य पूर्वमा बढ्दो तनावको बीचमा, जापानको रक्षा मन्त्रालयले शुक्रबार एयर सेल्फ डिफेन्स फोर्सलाई लेबनानमा जापानी नागरिकहरूको सम्भावित निकासीको लागि तयारी गर्न जोर्डन र ग्रीसमा दुई विमानहरू पठाउन आदेश दिएको छ ।
जापान कच्चा तेलको लागि मध्य पूर्वमा अत्यधिक निर्भर छ, परम्परागत रूपमा अरब राष्ट्रहरू र इजरायल बीच ूसन्तुलित कूटनीतिू पछ्याउँदै आएको जापानले मुख्यत अन्तर्राष्ट्रि सुरक्षा मामलामा अमेरिकी नीतिलाई अवलम्बन गर्दै आएको छ ।
गाजा क्षेत्रमा करिव ४२ हजार नागरिकको हत्यामा राष्ट्रसंघले कडा बिरोध र नरसंहारको स्वरुप भएको बताउँदा समेत अमेरिकाले इजरायलको बचाउ गर्दै आएको छ । यसमा जापान मौन रहँदै अमेरिकी नीतिमा सहयोगी बन्दै आएको देखिन्छ ।