(Japan) 17 th May | 2025 | Saturday | 6:04:37 PM || (Nepal) 2:49:37 PM
 
 


इजरायली सेनाद्धारा हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिदिएको दाबी

  POSTED ON : Saturday, 28 September, 2024 | Views : 608

इजरायली सेनाद्धारा हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिदिएको दाबी


एजेन्सी ।
गाजामा हमास बिरुद्ध भन्दै जारी इजरायली सेनाको बमबारीमा करिव ४२ हजार नागरिकको हत्या गरेको इजरायली सेनाले लेबनानको राजधानी बेइरुतमा हिजबुल्लाहका नेता मारिदिएको दाबी गरेको छ ।

इजरायली सेनाले एक विज्ञप्तिमा हिजो साँझ बेरुतमा भएको ठूलो हवाई हमलामा उसले हिजबुल्लाहका लामो समयदेखि नेता रहेको हसन नसरल्लाहलाई मारिदिएको उल्लेख गरेको छ ।

इजरायली सेनाका उक्त बमबारीमा परेर अन्य दर्जनौं सर्वसाधारण मारिएका थिए । इजरयाली सेनाको पछिल्लो दाबीमा हिजबुल्लाहको तर्फबाट हाल कुनै प्रतिक्रिया आएको छैन ।

हिजबुल्लाहको संस्थापक मध्ये एक रहेका हननको हत्या गरेको दाबी गरेको इजरायली सेनाले संगठनको दक्षिणी मोर्चाका कमाण्डर अली कराकी र अन्य धेरै हिजबुल्लाह नेताहरूलाई पनि मारेको बताएको छ ।