न्युयोर्क, अमेरिका ।
नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सत्ताधारी काँग्रेस एमालेप्रति सर्वसाधारणको आक्रोस चुलिरहँदा अमेरिका पुगेका प्रधानमन्त्री र परराष्ट्र मन्त्री समेत यहाँका नेपालीहरुसँग अन्तरक्रिया गर्न हच्किएका छन् ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टिका सभापती रवी रामिछाने पक्राउको प्रयास भएपछि नेपालमा मात्र नभई अमेरिकामा रहेका नेपालीहरुले समेत असन्तुष्टि र आक्रोस व्यक्त गर्न थालेपछि यहाँको दूतावासले सुरक्षा संवेदनशिलताको कारण जनाउँदै अन्तरक्रिया अन्तिम समयमा स्थगित गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा हाल राष्ट्रसंघिय कार्यक्रममा सहभागी हुन अमेरिकामा रहेका छन् । ओली र राणा सहितको सहभागीतामा नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम प्रधानमन्त्री र मन्त्रीले अन्तत नेपालीहरुबाटै असुरक्षित महसुस गरेपछि स्थगित भएको हो । उक्त कार्यक्रम न्युयोर्कमा आइतबार बेलुकी गर्ने तय भएको थियो ।
तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएपछि भन्ने कारण नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ । खासमा कार्यक्रम स्थलमा नेपालीहरुबाट हुनसक्ने बिरोध र अवरोधको सामना गर्न नसक्ने अवस्था देखिएपछि प्रधानमन्त्री ओली र राणाकै आग्रहमा कार्यक्रम रद्द गरिएको अमेरिकामा रहेका एमाले र काँग्रेस आवद्ध नेताहरु बताउँछन् ।
महावाणिज्य दूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताको बारेमा सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी कार्यक्रम स्थगन गरेको जनाएको छ ।
समारोह स्थलमा कुनैपनि बाह्यक सुरक्षाको चुनौति नभएपनि नेपालीहरुबाटै हुनसक्ने बिरोधकै डरले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाले नेपालीहरुसँग अन्तरक्रिया नगरेका हुन् ।
प्रधानमन्त्री ओली पछिल्लो समय गिरिबन्धु टि स्टेटको अर्बौं भ्रष्टाचारका मुख्य नीतिगत भ्रष्टाचारका प्रमुख हुन् भने भुटानी शरणार्थीको नाममा नेपालीहरुलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने काण्डको मुख्य अभियुक्तको रुपमा आरजु राणा देउवाको नाम मुछिँदै आएको छ । यहि काण्डमा राणालाई पक्राउको प्रयास गरेपछि पुष्पकमल दाहाल प्रचण्ड सरकार गिराएर ओली नेतृत्वमा काँग्रेस सरकार बनाउन तयार भएको स्वयं पूर्व प्रधानमन्त्री प्रचण्ड लगायतले सार्वजनिक भाषणहरुमा बताउँदै आएका छन् ।