(Japan) 4 th October | 2024 | Friday | 8:48:42 AM || (Nepal) 5:33:42 AM
 
 


इण्डियामा नेपाली महिलाको हत्या गरि फ्रिजमा ३० टुक्रा बनाएर राखेको फेला

  POSTED ON : Monday, 23 September, 2024 | Views : 1760

इण्डियामा नेपाली महिलाको हत्या गरि फ्रिजमा ३० टुक्रा बनाएर राखेको फेला


काठमाडौं, नेपाल ।

इण्डियाको बेंगलुरुमा एक नेपाली मुलकी २९ वर्षीया महिलाको निर्मम हत्या भएको छ । ति महिलाको शरीरलाई ३० भन्दा बढी टुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ ।

भारतको प्रतिष्ठित अखबार टाइम्स अफ इन्डियाले प्रहरीलाई उद्दृत गर्दै हत्या भएकी महिला नेपाली मुल निवासी भएको र केही दशकदेखि उनको परिवार बेंगलुरुमा बस्दै आएको उल्लेख गरेको छ । उनको नाम महालक्ष्मी दास भएको खुलेको छ । 

भरतीय सञ्चारमाध्यमहरुका अनुसार महालक्ष्मी एक शपिङ मलमा काम गर्थिन भने भ्यालीकवलस्थित पाइपलाइन रोडमा रहेको एउटा घरमा बस्थिन् । 

महालक्ष्मीको माइती पनि बैंगलुरुमै बस्दै आएका छन् । तर केही दिनदेखि महालक्ष्मी सम्पर्कमा नआएपछि शनिबार दिउँसो महालक्ष्मीको दिदी र उनकी आमा घरमा आए । उनीहरुले डुब्लीकेट चाबी प्रयोग गरेर ढोका खोले । उनीहरुले ढोका खोल्दा भुँई चिप्लो थियो भने घरमा दुर्गन्ध फैलिएको थियो । 

त्यसपछि उनीहरुले फ्रिजबाट रगत र अन्य शारीरिक तरल पदार्थहरू बगिरहेको देखे । खोलेर महालक्ष्मीको शरीरका टुक्राले फ्रिज भरिएको देखियो । महालक्ष्मीकी आमाले त्रासले चिच्याइन् र घरबाट बाहिर भागिन्, त्यसपछि तुरुन्तै प्रहरीलाई खबर गरियो । 

‘जब हामीले ढोका खोल्यौं, हामीले फ्लोर चिसो देख्यौँ र पूरै भुईँ रगतले चिप्लो थियो, जुन फ्रिजको ढोकाबाट चुहिएको थियो । खुट्टा काटेर फ्रिजको माथिल्लो भागमा राखिएको थियो भने अन्य शरीरका भागहरू बिचको भागमा राखिएको थियो । टाउको फ्रिजको तल्लो भागमा राखिएको थियो ।’ महालक्ष्मीकी आमाले प्रहरीलाई दिएको बयानमा भनेकी छिन् । 

महालक्ष्मीले पाँच वर्षअघि हेमन्त दाससँग विवाह गरेकी थिइन् । तर, केही महिनाअघिदेखि उनीहरु अलग्गिएका थिए । उनकी चार वर्षीया छोरी छिन् र उनी बाबुसँगै बस्दै आएका छन् । दास आफ्ना आमा बाबुसँग भिन्दै बस्दै आएका छन् । 

भारतीय प्रहरीले द न्यू इन्डियन एक्सप्रेसलाई दिएको जनकारी अनुसार ‘महालक्ष्मीको फोन सेप्टेम्बर २ देखि बन्द थियो ।

उनी सम्पर्कमा नआएपछि उनकी आमा र दिदी चिन्तित भएर उनको घर पुगेका थिए । 

हत्या भएकी महिलाको परिवार नेपाली भएपनि केही दशकदेखि भारतमै बस्दै आएको खुलेको छ । तर नेपाल कुन ठाउँको भन्ने खुल्न बाँकी छ ।