(Japan) 18 th April | 2026 | Saturday | 5:49:45 PM || (Nepal) 2:34:45 PM
 
 


इजरायलद्धारा लेबनानमा पेजर र वाकिटकि ह्याक गरि विस्फोट, ३२ जनाको निधन

  POSTED ON : Thursday, 19 September, 2024 | Views : 1238

इजरायलद्धारा लेबनानमा पेजर र वाकिटकि ह्याक गरि विस्फोट, ३२ जनाको निधन


एजेन्सी ।

इजरायली सेनाले ह्याक गरि विस्फोट गराएको ठानिएको पेजर र वाकिटकि विस्फोटबाट लेबनानमा कम्तिमा ३२ जनाको निधन भएको छ ।

बेरूतमा पेजर विस्फोटका क्रममा मंगलबार कम्तिमा २० जनाको मृत्यु र ४ सय ५० जना भन्दा धेरै घाइते भएका थिए ।

बुधवार पुन इजरायली सेनाले वाकिटकि विस्फोटको आक्रमण गरेको विश्वास गरिएको छ । उक्त आक्रमणमा परि थप १२ जनाको निधन र सयौं घाइते हुन पुगेका छन् ।

इरान समर्थित समूह हिजबुल्लाहका लडाकुले प्रयोग गर्ने पेजर र वाकीटकी विस्फोट हुँदा हालसम्म ३ हजार भन्दा धेरै व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले उल्लेख गरेको छ ।

समाचार संस्था रोयटर्सले दक्षिणी बेरुतमा चारजनाको अन्त्येष्ठिका लागि निकालिएको शवयात्राको क्रममा उक्त विस्फोट भएको स्थानीय सञ्चार माध्यमहरूलाई उद्धृत गर्दै जनाएको छ ।

यसअघि मङ्गलवार पनि कुराकानीका लागि प्रयोग हुने वाकीटकी विस्फोट हुँदा लेबनानमा १२ जनाको मृत्यु भएको थियो भने २ हजार ८ सयजना घाइते भएका थिए।

हिजबुल्लाह सहित विभिन्न श्रोतहरुले विस्फोटका लागि इजरायललाई जिम्मेवार ठानेको छ, तर इजरायल हालसम्म कुनै प्रतिक्रिया नदिइ मौन रहेको छ ।

लेबननमा ताररहित सञ्चार उपकरणहरू विस्फोटनको लहरमा परेर कम्तीमा ३२ जनाको निधन र ३ हजार जनाभन्दा धेरै घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्।

राजधानी बेइरुतको दक्षिणी भेगमा पर्ने क्षेत्रमा पर्ने उपनगरहरू बेका उपत्यका र दक्षिण लेबननमा सशस्त्र समूह हिज्बुल्लाहले प्रयोग गरेका वाकीटकीहरू पड्किएका थिए ।

मन्त्रालयका अनुसार केही विस्फोटनहरू मङ्गलवारका पेजर विस्फोटनमा ज्यान गुमाउनेहरूको अन्तिम संस्कार भइरहँदा भएको थियो ।

यी विस्फोटका घटनाहरु इजरेली रक्षामन्त्री योआभ गालान्टले ूयुद्धमा नयाँ चरणूको घोषणा गरिरहँदा र इजरेली सेनाको उत्तरी क्षेत्रमा पुर्नतैनाथी भइरहँदा भएका हुन् ।

यसअघि मङ्गलवार हिज्बुल्लाहका सदस्यहरूले एक आपसमा सञ्चार गर्न प्रयोग गर्ने ुहाते पेजरहरूु विस्फोटन हुँदा दुई बालबालिकासहित १२ जनाको मृत्यु भएको थियो ।

अमेरिकाले गाजा नरसंहार अघिजस्तै इजरायलको बचाउ गर्दै इजरेल र हिज्बुल्लाहबीच अवस्था थप चर्कन नदिनका लागि आफूले व्यापक कूटनीतिक प्रयास गरिरहेको बताएको छ । तर गाजा युद्ध रोक्न समेत इजरायलमाथि कुनै दबाव नदिएको अमेरिकाले उल्टै ४० हजार भन्दा धरै गाजावासीको नरसंहारमा प्रयोग गर्न इजरायली सेनालाई अनुदानमा हतियार उपलब्ध गराउँदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसलेले अवस्था “नाटकीय रूपमा चर्कने गम्भीर जोखिम”मा रहेको बताउँदै सबै पक्षलाई “अधिकतम संयम अपनाउन” आह्वान गरेका छन्।

'प्रस्ट रूपमा यी सबै उपकरण विस्फोटन गराउनुपछिको तर्क भनेको कुनै ठूलो सैन्य अपरेसनअघि शत्रु पक्षलाई कमजोर गर्नु हो।' उनले भनेका छन् ।

दोस्रो चरणका विस्फोटनयता एक १६ वर्षीय बालक सहित आफ्ना १३ जना लडाकुहरू मारिएको हिज्बुल्लाहको सञ्चार कार्यालयले जनाएको छ ।

उक्त समूहले सीमानजिकैको इजरेली फौज र इजरेल अधिनस्थ गोलान हाइट्समा इजरेली निशानामा चार वटा रकेट प्रहार गरेको जनाएको छ ।