(Japan) 18 th April | 2026 | Saturday | 5:48:14 PM || (Nepal) 2:33:14 PM
 
 


उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइलहरू जापानको बिशेष आर्थिक क्षेत्र तर्फ प्रहार

  POSTED ON : Wednesday, 18 September, 2024 | Views : 986

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइलहरू जापानको बिशेष आर्थिक क्षेत्र तर्फ प्रहार


टोकियो, जापान ।

जापानी रक्षा मन्त्रालयका अधिकारीहरूले उत्तर कोरियाद्वारा  प्रहार ब्यालिस्टिक क्षेप्यास्त्रहरू हुनसक्ने विश्वास गरिएका दुई प्रक्षेपणहरु जापानको बिशेष आर्थिक क्षेत्र बाहिर खसेको बताएका छन् ।

मिसाइलले पुर्‍याएको असरका बारेमा पत्ता लगाउन कोशिस गरिरहेको बताइन्छ ।


रक्षा अधिकारीहरूले पहिलो प्रक्षेपण बुधबार बिहान भएको बताएका छन्। त्यसपछि, करिब आधा घण्टा पछि, त्यहाँ अर्को प्रहार गरिएको थियो। जापानी सरकारी अधिकारीहरूले क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको हुन सक्ने विश्वाश गरेका छन ।


तर जापान कोस्ट गार्ड अधिकारीहरूले कुनै क्षतिको रिपोर्ट थाहा नभएको बताएका छन् । गत बिहीबार पनि उत्तर कोरियाले यस्तै प्रकारको ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।