(Japan) 18 th April | 2026 | Saturday | 5:49:56 PM || (Nepal) 2:34:56 PM
 
 


अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास, तर बाँच्न सफल

  POSTED ON : Monday, 16 September, 2024 | Views : 1426

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास, तर बाँच्न सफल


एजेन्सी । 

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास भएको छ । फ्लोरिडा गल्फ कोर्समा ट्रम्प माथि गोली प्रहार गरेका बन्दुकधारीलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।


ट्रम्पको हत्या प्रयास भएको अमेरिकी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । गल्फ कोर्सको झाडीमा लुकेर गोली हान्न लागेका व्यक्तिलाई अमेरिकी गुप्तचर सेवाका एजेन्टहरुले देखेर ती व्यक्ति माथि नै गोली हानिएको अधिकारहरुले बताएका छन् ।


गोली हान्ने प्रयास भइरहेका बेला ट्रम्प घटनास्थलबाट २ सय ७५ देखि ४ सय ५५ मिटर टाढा रहेको एफबिआईले जनाएको छ । घटनास्थलबाट AK47 शैलीको बन्दुक, दुई वटा झोला र गोप्रो क्यामेरा फेला परेको छ ।


अमेरिकी पूर्वराष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प हत्या प्रयासबाट बचेका छन् । फ्लोरिडास्थित उनकै आफ्नो गल्फ ट्रम्प इन्टरनेशनल गल्फ क्लबमा गल्फ खेलिरहेका ट्रम्पमाथि एक व्यक्तिले एके ४७ राइफल ताकेर हत्या गर्ने प्रयास गरेको थियो ।हत्या प्रयास गर्ने व्यक्तिको परिचय रायन वेस्ली रूथका रूपमा गराइएको छ। अमेरिकी सेक्रेट सर्भिसले रूथमाथि गोली प्रहार गरेपछि ऊ हतियार छोडेर एसयूभीमा भागेको  थियो । पछि, उसलाई छिमेकी काउन्टीमा हिरासतमा लिइइएको छ ।


असफल हत्या प्रयास गर्ने रूथ हवाइ राज्यको बासिन्दा भएको बताइएको छ । ऊ लामो समयदेखि थुप्रै अपराधिक क्रियाकलापमा संलग्न भएको पनि देखिएको छ । उसको सामाजिक सञ्जालका पोष्टहरूले ऊ युक्रेनको कट्टर समर्थक रहेको देखाउँछन् । 


२०१६ मा ट्रम्पलाई मतदान गरेको रूथ ट्रम्पले राष्ट्रपति हुँदा केही नगरेको भनेर रूष्ट थियो । र, उसले यो चुनावमा ट्रम्प हारेको देख्न चाहेका थियो । 


आगामी नोभेम्बर हुने राष्ट्रपति चुनावको रिपब्लिकन उम्मेदवार ट्रम्पको यो दोस्रो हत्या प्रयास हो । ६४ दिनअघि पेन्सेल्भेनियाको बटलरमा गोली प्रहार गरी हत्या प्रयास गरिएको थियो । कानमा गोली लागे पनि उनी बच्न सफल भएका थिए ।


घटनापछि ट्रम्पलाई घटना नजिकैको निजी निबास  मार ए लागो क्लबमा सुरक्षित रूपमा फिर्ता गरिएको थियो । मार ए लागो पुगेर उनले आफू  सकुशल रहेको पोष्ट गरेका छन् । उनले कसैले केही गरे पनि आफूलाई मार्न नसक्ने पनि बताएका छन् ।


यसअघि पनि चुनावी प्रचारका क्रममा पेन्सलभेनिया राज्यमा ट्रम्प माथि गोली प्रहार गरिएको थियो । गुप्तचर सेवाका एजेन्टले सन्दिग्ध व्यक्तिलाई धेरै पटक गोली हानेको र ती व्यक्ति झारीबाट भागेर कालो निसान कारमा बसेको प्रत्यक्षदर्शीले बताएका छन् ।


हिंसाका लागि कुनै ठाउँ नभएको भन्दै ट्रम्प सुरक्षित रहेकोमा राष्ट्रपतिकी डेमोक्र्याटिक उम्मेद्वार कमला ह्यारिस र उपराष्ट्रपतिका उम्मेदवार टिम वाल्चले बताएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।