(Japan) 22 nd April | 2026 | Wednesday | 5:58:23 PM || (Nepal) 2:43:23 PM
 
 


पद त्याग्नु अघि प्रधानमन्त्री किशिदा अन्तिम पटक अमेरिका भ्रमणमा जाँदै

  POSTED ON : Sunday, 15 September, 2024 | Views : 1182

पद त्याग्नु अघि प्रधानमन्त्री किशिदा अन्तिम पटक अमेरिका भ्रमणमा जाँदै


टोकियो, जापान ।

जापानी प्रधानमन्त्री किशिदा फुमियो यही महिनाको २१ तारिखदेखि अमेरिका भ्रमणमा जाने भएका छन् । पद छोड्नु अघि यो उनको अन्तिम विदेश भ्रमण हुनेछ ।

सम्भवत जापानी प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपति जो बाइडेनको पनि यो अन्तिम औपचारिक भेटवार्ता हुनेछ । किशिदाले अमेरिका भ्रमणका क्रममा विभिन्न देशका नेताहरूसँग विचार आदानप्रदान गर्ने योजना बनाएका छन् जससँग उनले आफ्नो कार्यकालको अवधिमा विश्वास निर्माण गरेका थिए, र कूटनीतिक उपलब्धिहरूलाई अर्को प्रशासनलाई सहज रूपमा हस्तान्तरण गर्ने योजना किशिदाको छ ।

मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मुख्य मन्त्रिपरिषद् सचिव हयासीले सो जानकारी दिएका हुन् ।

घोषणा अनुसार प्रधानमन्त्री किशिदा यही महिनाको २७ तारिखमा हुन लागेको लिबरल डेमोक्रेटिक पार्टि एलडीपीको नेता छान्ने निर्वाचनअघि यही महिनाको २१ तारिखदेखि चार दिने अमेरिका भ्रमणमा जानेछन् ।

राष्ट्रपति बाइडेनले गृह राज्य डेलावेयरमा जापान, अमेरिका, अष्ट्रेलिया र भारतको चार राष्ट्रको ढाँचामा सम्पन्न क्वाड शिखर सम्मेलनमा भाग लिनुका साथै उनले विश्वव्यापी मुद्दाहरूबारे छलफल गर्ने बैठकमा भाग लिने र भाषण दिने कार्यक्रम छ ।

किशिदाले न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभा सहित जलवायु परिवर्तन सहितका बैठकहरुमा सहभागीता जनाउनेछन् ।

प्रधानमन्त्री किशिदाको यो सेवानिवृत्त हुनु अघि उनको अन्तिम विदेश भ्रमण हुनेछ र उनले अमेरिकाका राष्ट्रपति बाइडेन लगायत आफ्नो कार्यकालमा विश्वास निर्माण गरेका प्रत्येक देशका नेताहरूसँग विचार आदानप्रदान गर्ने र आफ्नो कूटनीतिक सम्बन्धलाई सहज रूपमा हस्तान्तरण गर्ने योजना बनाएका छन् । जुन जापानको अब आउने प्रशासनको लागि कुटनीतिक उपलब्धी हुने विश्वास गरिएको छ ।