(Japan) 12 th September | 2024 | Thursday | 2:34:02 AM || (Nepal) 11:19:02 PM
 
 


इजरायलमा नेतान्याहु सरकार बिरुद्ध देशभर व्यापक प्रदर्शन

  POSTED ON : Monday, 02 September, 2024 | Views : 454

इजरायलमा नेतान्याहु सरकार बिरुद्ध देशभर व्यापक प्रदर्शन


एजेन्सी ।

गाजामा नरसंहार मच्चाउँदै आएको बेन्जामिन नेतान्याहु सरकार बिरुद्ध इजरायलमा देशभर बिरोध प्रदर्शन चर्किएको छ । इजरायली सेनाले सैन्य कारवाही गर्दा गाजामा बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुविरुद्ध सडक प्रदर्शन चर्किएको हो । 

शनिबार इजरायली सेनाले हमास बिरुद्ध भन्दै गोलाबारी गर्दा हमासद्वारा बन्धक बनाइएका ६ जनाको शव सुरुगं भित्र भेटिएको बताइएको थियो । इजरायली सेना (आईडीएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् ।

आईडीएफले आफूहरू पुग्नुभन्दा केही समयअगाडि हमासले इजरायली नागरिकको हत्या गरेको दाबी गरेको छ । हमासले आफुहरुले हत्या गरेको नभई इजरायली आक्रमणमा उनीहरू मारिएको स्पष्ट पारेको छ । हमासले नियन्त्रणमा लिएकाहरु हालसम्म इजरायली कारवाहीमा मारिएका वा हमासले छोडेको घटनाहरु छन ।

आफ्नै नागरिकको सुरक्षा गर्न नसकेको भन्दै इजरायलको जेरुसेलम र तेलअभिभलगायतका सहरमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएका छन् । सरकारको विरोधमा देशभर हड्ताल आह्वानसमेत गरिएको टाइम्स अफ इजरायलले जनाएको छ ।

प्रदर्शनकारीहरूले नेतान्याहु नेतृत्वको सरकारले हमासले बन्धक बनाएका इजरायली नागरिकको सुरक्षाका लागि हमाससँग सम्झौता गर्न तत्पर नरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री नेतान्याहु हमाससँग युद्धविरामभन्दा भन्दा पनि आफ्नो पद जोगाउन लागिपरेको प्रदर्शनकारीहरूको आरोप छ ।

हमासले अक्टुबर ७ मा गरेको आक्रमणपछि २ सय ५१ जनालाई बन्धक बनाएको थियो । तीमध्ये ९७ जना अझै पनि हमासको नियन्त्रणमा छन् । तीमध्ये कम्तीमा २७ जनाको ज्यान गइसकेको अनुमान छ ।

हमासले बन्धक बनाएका व्यक्तिको सूचीमा नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । परराष्ट्र मन्त्रालयले जोशीको रिहाइका लागि सम्भव भएसम्मका सबै कूटनीतिक माध्यमहरूमार्फत पहल भइरहेको बताउँदै आएको छ । तर पनि हालसम्म उनको अवस्था अज्ञात छ ।

इजरायली सेनाले हालसम्म गाजामा ४० हजार ५ सय ३० जनाको हत्य गरिसकेको छ ।