टोकियो, जापान ।
जापानले चीनको सैन्य जासूस विमानले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्नु 'पूर्ण रूपमा अस्वीकार्य' भएको बताएको छ । चिनियाँ लडाकु जाशुसी बिमानले जापानको हवाई क्षेत्र प्रवेश गरेको पुष्टि गरेको एक दिन पछि जाापनले विरोधमा टोकियोमा चिनियाँ दूतावासका अधिकारीलाई बोलाएर जानकारी मागेको बताइएको छ ।
मंगलबार एक पत्रकार सम्मेलनमा बोल्दै मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले हवाई क्षेत्रको उल्लङ्घन पहिलो सैन्य विमानको ूजापानको सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन मात्र नभइ यसले जापानको सुरक्षालाई पनि खतरामा बारेको बताएका छन् ।
जापानको सेनाले सोमबार चिनियाँ वाई ९ तोही विमान बिहान ११ः२९ बजे जापानको मुख्य दक्षिणी टापु क्युसुको दक्षिणपश्चिमी तटबाट दान्जो टापुहरू माथि दुई मिनेट परिक्रमा गरेको पत्ता लागेको बताएको छ । चिनियाँ विमानलाई हवाई क्षेत्र छाड्न चेतावनी दिन लगत्तै लडाकु बिमान पठाउन तयारी गरेपनि त्यसअघिनै चिनियाँ बिमानले जापानी हवाई क्षेत्र छाडिसकेको जापानको आत्मरक्षा बलले बताएको ।
जापानको परराष्ट्र मन्त्रालयले कार्यवाहक चिनियाँ राजदूत शि योङलाई बोलाएर हवाई क्षेत्र उल्लङ्घनको कडा विरोध गरेको र चीनलाई त्यस्ता घटनाहरू हुन नदिन कदम चाल्न आग्रह गरेको बताएको छ ।
सोमबारको परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा उक्त घटनाबारे दूतावासबाट कुनै प्रतिक्रिया नआएको बताइएको छ ।
जापानी रक्षा अधिकारीहरू चिनियाँ र रुसी वायु सेनाहरू बीचको सैन्य सहयोगका साथै जापानी पानी र हवाई क्षेत्र वरपर चीनको बढ्दो आक्रामक गतिविधिको बारेमा चिन्तित छन्।
चीनमा डियाओयु टापु भनेर चिनिने सेन्काकु टापुलाई लिएर दुई देश लामो समयदेखि विवादमा रहेका छन् ।