एजेन्सी ।
जापानको रक्षा मन्त्रालयले चीनको सैन्य विमानले देशको आकाशमा पहिलो पटक घुसपैठ गरेको पुष्टि गरेको छ ।
मन्त्रालयले सोमबार एक वाई ९ खुफिया सूचना संकलन गर्ने विमान बिहान नागासाकीको दक्षिणपश्चिमी प्रिफेक्चरको गोतो शहरको डान्जो टापुको आकाशमा प्रवेश गरेको बताएको छ ।
मन्त्रालयले एयर सेल्फ डिफेन्स फोर्स लडाकुहरूलाई प्रतिक्रिया दिन परिचालन गरिएको भएपनि चिनियाँ विमानले त्यसअघिनै जापानी हवाई क्षेत्र छोडिसकेको बताएको छ ।
मन्त्रालयका अधिकारीहरूले हवाई क्षेत्रको निगरानी गरिरहेको र चिनियाँ उडानको उद्देश्य विश्लेषण गर्ने प्रयास गरिरहेका बताएका छन् ।