(Japan) 30 th April | 2026 | Thursday | 7:46:53 AM || (Nepal) 4:31:53 AM
 
 


देशभित्र इजरायली नरसंहार जारी रहँदा प्यालेस्टिनी राष्ट्रपति रुस भ्रमणमा जाँदै

  POSTED ON : Monday, 12 August, 2024 | Views : 1352

देशभित्र इजरायली नरसंहार जारी रहँदा प्यालेस्टिनी राष्ट्रपति रुस भ्रमणमा जाँदै


एजेन्सी ।

इजरायली सेनाले झण्डै २ प्रतिशत जनताको करिव ९ महिनामा गोलबारुद्ध, रकेट र गोली प्रहार गरि हत्या गरिसक्दा प्यालेस्टिनी सरकारका राष्ट्रपति महमुद अब्बास सहयोगका लागि रुस भ्रमणमा जाने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गाजा युद्धबारे छलफल गर्न आगामी साता अब्बासले मस्को भ्रमण गर्ने भएका हुन् ।

रुसको सरकारी समाचार समिति तासले मस्कोमा रहेका प्यालेस्टिनी राजदूतलाई उद्धृत गर्दै अब्बास सोमबार मस्को आइपुग्ने र मंगलबार पुटिनलाई भेट्ने जानकारी गराएको छ।

राजदूत अब्देल हाफिज नोफलले बताए अनुसार दुई नेताले अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा भएका घटनाबारे छलफल गर्ने छन् ।

‘हामी जटिल अवस्था भोगिरहेका छौं र रुस हाम्रो नजिकको देश हो। हामीलाई एकअर्काको परामर्श आवश्यक छ,’ राजदूत अब्देलले बताए ।

मस्कोले वर्षौंसम्म इजरायल र प्यालेस्टाइन सहित मध्यपूर्वका सबै प्रमुख मुलिकसँग सन्तुलन सम्बन्ध कायम राख्ने प्रयास गरिरहेको छ। तर इजरायल–हमास युद्ध सुरु भएपछि र युक्रेनमाथि रुसको आफ्नै द्धन्द्धपछि पुटिन इजरायलको प्रतिद्वन्द्वी हमास र इरानको निकट भएका छन् ।