(Japan) 30 th April | 2026 | Thursday | 7:46:26 AM || (Nepal) 4:31:26 AM
 
 


ब्राजिलमा ६१ जना सवार बिमान दुर्घटना, कोहि पनि बाँचेनन

  POSTED ON : Saturday, 10 August, 2024 | Views : 1240

ब्राजिलमा ६१ जना सवार बिमान दुर्घटना, कोहि पनि बाँचेनन


एजेन्सी ।

ब्राजिलको साओ पाउलो राज्यमा एउटा यात्रुबहाक विमान दुर्घटनामा परेको छ । विमान दुर्घटनामा त्यसमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्य सहित ६१ जनाकै मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

दुई वटा इन्जिन भएको एटीआर ७२–५०० टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडिरहेको थियो । विमान अवतरणअघि नै भिन्हेडो शहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ ।

सामाजिक संजालमा सार्वजनिक भएको भिडियोमा विमान सिधै ठाडो गरि जमिन तर्फ खसेको देखिएको छ । बिमान जमिनतिर खस्ता फनफनी मुम्दै खसेको कहालिलाग्दो दृश्य भिडियोमा देख्न सकिन्छ ।

दुर्घटनामा ज्यान गुमाउनेका परिवार र आफन्तलाई ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुलाले दुःख व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नरले तीन दिने शोकको घोषणा गरेका छन् ।

दुर्घटनाग्रस्त विमानको फ्लाइट डाटा रेकर्डर प्राप्त भएकाले दुर्घटनाको अनुसन्धानका लागि सहयोग पुग्ने अधिकारीहरुले बताएका छन् । दुर्घटनाग्रस्त विमान आवासीय क्षेत्रमा खसे पनि बिमानमा सवार बाहेक अन्य मानविन क्षति भने हुन पाएन ।