(Japan) 1 st May | 2026 | Friday | 10:02:41 AM || (Nepal) 6:47:41 AM
 
 


मलेसियामा सरकारी जग्गा अतिक्रमण गर्ने तीन नेपाली पक्राउ

  POSTED ON : Thursday, 08 August, 2024 | Views : 1420

मलेसियामा सरकारी जग्गा अतिक्रमण गर्ने तीन नेपाली पक्राउ


एजेन्सी ।

मलेसियामा सरकारी जग्गा अतिक्रमण गर्ने तीन नेपाली पक्राउ परेका छन् ।  डुरियन (कटहर जस्तो एक फल) खेतीको लागि सरकारी जग्गा अतिक्रमण गरेका नेपाली सहित ४८ जना पक्राउ परेको बताइएको छ ।

यद्यपी पक्राउ परेकाहरू धरौटीमा तिरेर तत्कालका लागि छुटेको बताइएको छ ।

मलेसियाको राउब भन्ने स्थानमा पचाङ स्टेट एग्रिकल्चरल डेभलपमेन्ट कर्पोरेसनको जग्गा समेत प्रयोग गरेर सो खेती गरेको जनाइएको छ । पक्राउ पर्नेमा मुसाङ किङ डुरियन प्लान्टेसनका मालिक र कामदार रहेका छन् । 

पाचाङ प्रहरी प्रमुख दातुक सेरी याहाया ओथम्यानका अनुसार पक्राउ पर्नेहरू २० देखि ६७ वर्ष उमेरका छन् । जसमा तीन नेपाली, १२ इन्डोनेसियाली, सात म्यान्मारका र दुई बंगलादेशी भएकोे जनाइएको छ । 

सो प्रकरण स्थानीय अदालतमा पनि गएको र अदालतले त्यस्तो अतिक्रमण रोक्न आदेश दिएको छ ।