(Japan) 1 st May | 2026 | Friday | 10:02:40 AM || (Nepal) 6:47:40 AM
 
 


भेनेजुएलामा निकोलस मादुरो पुन राष्ट्रपतिमा निर्वाचित

  POSTED ON : Thursday, 01 August, 2024 | Views : 992

भेनेजुएलामा निकोलस मादुरो पुन राष्ट्रपतिमा निर्वाचित


एजेन्सी ।

केहि पश्चिमा पूर्वानुमानविपरीत भेनेजुएलामा तेस्रोपटक राष्ट्रपतिमा निकोलस मादुरो निर्वाचित भएका छन् । ८० प्रतिशत मतगणनामा उनका पक्षमा ५१ प्रतिशत मत आइसकेको जनाइएको छ ।

उनी सन् २०१३ देखि लगातार राष्ट्रपति पदमा आसीन छन् । देशका विपक्षीले मतदानमा अनियमितता भएको आरोप लगाएका छन् । अमेरिकाले यो नतिजाका बारेमा गम्भीर चासो व्यक्त गरेको छ ।

त्यहाँको नेसनल इलेक्टोरल काउन्सिलले विपक्षी उमेदवार इडमुन्डो गोन्जालेज उरुटियाले ४४ प्रतिशत मत हासिल गरेको जनाएको छ । पछिल्लो निर्वाचन परिणामानुसार मादुरोले आउँदो ६ वर्ष पुनः राष्ट्रपतिको कार्यकाल पूरा गर्नेछन् ।

पोलहरूमा विपक्षी नेताले फराकिलो अन्तरका साथ विजय हासिल गर्ने जनाइएको थियो ।