(Japan) 1 st May | 2026 | Friday | 10:01:50 AM || (Nepal) 6:46:50 AM
 
 


हमास नेता ईस्माइल हानियाहको इजरायलद्धारा इरानमा हत्या

  POSTED ON : Wednesday, 31 July, 2024 | Views : 1462

हमास नेता ईस्माइल हानियाहको इजरायलद्धारा इरानमा हत्या


एजेन्सी ।
हमासका राजनीतिक प्रमुख इस्माइल हानियाहको इरानको राजधानी तेहरानमा हत्या भएको छ ।

प्यालेस्टानमा स्वतन्त्रता लडाई लड्दै आएको हमास नेता हानियाहको इजरायलले हत्या गरेको हो । इजरायलले खटाएका भाडाका व्यक्तिहरुले इस्माइलको हत्या गरेको बताइएको छ ।

हानिएह र उनका एक अंगरक्षकको उनीहरु बसेको भवनमा आक्रमण भएपछि मारिएको विज्ञप्तिमा भनिएको छ । हानियाह मंगलबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा भाग लिन तेहरानमा रहेका थिए ।

'इस्लामिक प्रतिरोधी आन्दोलन हमासले हाम्रा महान प्यालेस्टिनी जनता, अरब र इस्लामिक राष्ट्र र विश्वका सबै स्वतन्त्र जनतालाई शोक व्यक्त गर्दछ' हमासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तेहरानमा उनको निवासमा एक विश्वासघाती सियोनिस्ट आक्रमण भएको हमासले बताएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले पनि हानियाहको हत्या भएको घोषणा गरेको छ ।

'आज बिहान, तेहरानमा इस्माइल हनियाको निवासमा आक्रमण भएको थियो, जसको परिणामस्वरूप उहाँ र उहाँका एक अंगरक्षक शहीद भएका छन् । कारण अनुसन्धान भइरहेको छ र छिट्टै घोषणा गरिनेछ' आईआरजीसीले एक विज्ञप्तिमा भनेको छ ।