(Japan) 1 st May | 2026 | Friday | 10:02:33 AM || (Nepal) 6:47:33 AM
 
 


भारतको केरलामा पहिरोले चार गाउँ बगायो, केही नेपाली सहित कम्तीमा १०६ जनाको मृत्‍यु, ८४ जना बेपत्ता

  POSTED ON : Wednesday, 31 July, 2024 | Views : 1638

भारतको केरलामा पहिरोले चार गाउँ बगायो, केही नेपाली सहित कम्तीमा १०६ जनाको मृत्‍यु, ८४ जना बेपत्ता


एजेन्सी ।

भारतको केरला राज्यको वायनाडमा भीषण पहिरोले चार वटा गाउँ बगाएको छ । पहिरोमा परेर कम्तीमा १०६ जना जनाको मृत्‍यु भएको छ । 


ज्यान गुमाउनेमा कम्तिमा एक जना नेपाली रहेका छन ।  पहिरोमा परी सय जनाभन्दा धेरै घाइते भएका र उनीहरूलाई अस्पताल पुर्‍याइएको भारतीय मिडियाले लेखेका छन ।


केरलाको वायनाड जिल्लाको विभिन्न ठाउँमा आज बिहानै पहिरो गएको थियो । प्रभावित ठाउँमा खोजी तथा उद्धार अभियान चलिरहेको र अहिलेसम्म दुई सय ५० जनाभन्दा धेरैको उद्धार भएको छ । अहिलेसम्म बेपत्ताको संख्या ८४ जना रहेको खुलेको छ ।

तर ठूलो वर्षा भइरहेको र एउटा महत्त्वपूर्ण पुल भत्किँदा उद्धारको काम प्रभावित भएको बताइन्छ । 


यो घटनालाई लिएर वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । १४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् ।

यसैबीच केरला सरकारले वायनाड घटनालाई लिएर दुई दिने शोकको घोषणा गरेको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले आज र भोलि दुई दिनका लागि राज्यव्यापी शोकको घोषणा गरेका छन । 


यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार भारतीय रुपैयाँ राहत घोषणा गरेका छन ।