(Japan) 1 st May | 2026 | Friday | 9:58:55 AM || (Nepal) 6:43:55 AM
 
 


आरणक्षण बिरोधी आन्दोलनमा १०० भन्दा धेरैको निधनपछि बंगलादेशको अदालतद्धारा धेरै जसो कोटा खारेज

  POSTED ON : Monday, 22 July, 2024 | Views : 1300

आरणक्षण बिरोधी आन्दोलनमा १०० भन्दा धेरैको निधनपछि बंगलादेशको अदालतद्धारा धेरै जसो कोटा खारेज


टोकियो, जापान ।
बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरहरूमा अधिकांश कोटा खारेज गरेको छ । आरक्षण बिरोधी विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि त्यसलाई सम्वोधन गर्दै अदालतले अधिकांश आरक्षण कोटा खारेज गरिदिएको हो ।

अदालतको पुनरावेदन डिभिजनले गत महिना कोटा पुनर्स्थापित गर्ने तल्लो अदालतको आदेशलाई खारेज गरेको हो ।

महान्यायाधिवक्ता एएम अमिन उद्दिनले एएफपी समाचार एजेन्सीलाई भने ूसर्वोच्च अदालतले उच्च अदालतको फैसला अवैध भएको बताएको छ ।

उनले निजामती सेवामा ५ प्रतिशत स्वतन्त्रता लडाकुका बालबालिकाका लागि र २ प्रतिशत अन्य विधाका लागि आरक्षित रहने बताए ।

प्रधानमन्त्री शेख हसिनाको सरकारले २०१८ मा कोटा प्रणाली खारेज गरेको थियो, तर तल्लो अदालतले गत महिना यसलाई पुनर्स्थापित गरिदिएपछि, घातक विरोध र त्यसपछि भएको हिंसामा देशभरमा १०० भन्दा बढिको ज्यान गएको छ ।

प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि सरकारले अर्फ्युको आदेश जारी गरेको छ ।