(Japan) 1 st May | 2026 | Friday | 9:58:48 AM || (Nepal) 6:43:48 AM
 
 


आरक्षण विरोधी आन्दोलनमा ३५ जना मारिएपछि बंगलादेशमा कर्फ्यू र सेना परिचालन

  POSTED ON : Saturday, 20 July, 2024 | Views : 966

आरक्षण विरोधी आन्दोलनमा ३५ जना मारिएपछि बंगलादेशमा कर्फ्यू र सेना परिचालन


एजेन्सी ।

बंगलादेशमा भड्किएको आरक्षण विरोधी आन्दोलनका क्रममा ३५ जनाले ज्यान गुमाएका छन । हिंसा देशभर भड्किएपछि नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यू घोषणा गरेको छ।


बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ। कर्फ्यू घोषणासंगै सेना परिचालन गरिएको छ ।


बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । तर यो आन्दोलनले अहिले हिंसात्मक रूप लिएको छ।


पछिल्ला केही दिनदेखि राजधानी ढाका लगायत धेरै सहरमा भइरहेको हिंसालाई ध्यानमा राखेर ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।


प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ। शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको हो ।