(Japan) 1 st May | 2026 | Friday | 9:58:49 AM || (Nepal) 6:43:49 AM
 
 


थाईल्याण्डकौ बैंककस्थित एक लक्जरी होटेलको सुइटमा ६ जनाको शव फेला

  POSTED ON : Wednesday, 17 July, 2024 | Views : 1524

थाईल्याण्डकौ बैंककस्थित एक लक्जरी होटेलको सुइटमा ६ जनाको शव फेला


एजन्सी ।
थाइल्याण्डको राजधानी बैंककमा रहेको एउटा लक्जरी होटेलको सुइटमा ६ जनाको शव फेला परेको छ । रहस्यमय यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

ग्रान्ड ह्यात होटलमा ती मानिसहरुको मृत्यु के कारणले भयो भन्ने विषय गम्भीर बनेको छ । पहिले होटेलमा गोली हानाहान भएको अनुमान गरिएको थियो । तर प्रहरी अनुसन्धानले घटनास्थलमा गोलाबारीको कुनै प्रमाण नभेटेको जनाएको छ ।

अधिकारीहरुका अनुसार होटलमा मृत भेटिएकाहरुको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने जनाएका छन् । मृतकहरु तीन पुरुष र तीन महिला रहेका छन् । उनीहरु सबै भियतनामी नागरिक रहेका छन् ।

ती मध्ये केहीसँग अमेरिकाको दोहोरो नागरिकता समेत रहेको थाइल्याण्डका प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
घटनास्थलमा पुगेका थाई प्रधानमन्त्री श्रेथा थाविसिनले उनीहरुको मृत्यु भएको २४ घन्टा भइसकेको बताउँदै घटनाको गम्भीर अनुसन्धान गरिने बताएका छन् । साथै घटनामा भियतनामीकै संलग्ताको आशंका गरिएको छ ।