एजेन्सी ।
अमेरिकाको सङ्घीय अनुसन्धान विभाग (एफबीआई) ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कानमै लाग्नेगरि गोली हान्ने व्यक्तिको पहिचान खुलाएको छ ।
एफबीआईका अनुसार ट्रम्पलाई मार्ने प्रयास स्वरुप गोलि हानेपनि चुकेका व्यक्ति २० वर्षका थोमस म्याथ्यू क्रुक्स हुन् । उनको पहिचान पुष्टि गर्न एफबीआईले डीएनए र बायोमेट्रिक्स परीक्षण गरिने बताएको छ ।
एफबीआईका अनुसार क्रुक्स पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा हुन् । ट्रम्पको हत्याको प्रयास भएको ठाउँबाट यो करिव ७० किलोमिटर जति टाढा छ ।
‘अनुसन्धान अझै जारी छ, अनुसन्धानमा सहयोग गर्न सक्ने जानकारी भएका जो कोहीले फोटो वा भिडियो अनलाइनबाट बुझाउन सक्ने एफबीआईले बताएको छ ।
ट्रम्पलाई चुनावी र्यालीमा शनिवार साँझ गोली प्रहार भएको हो । गोलि लागेर ट्रम्पको कानको माथिल्लो भागमा चोट लागेपनि उनि बाँच्न सफल भएका छन् ।