एजेन्सी ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतिय चुनावको प्रचारका क्रममा पेन्सलभेनियामा सम्बोधन गर्ने क्रममा गोली चलेको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरे अनुसार स्थानिय समय अनुसार शनिवार राती भएको घटनामा उनका सुरक्षाकर्मी तथा प्रवक्ताले ट्रम्प सुरक्षित रहेको बताएका छन् ।
ट्रम्पले भाषण गरिरहँदा धेरै पटक गोली चलेको आवाज सुनेको समाचार संस्थाहरुले उल्लेख गरेका छन् । ट्रम्प स्टेजमा सम्बोधनका क्रममा लडेको सार्वजनिक भएका भिडियो र तस्बिरहरुमा देखाइएको छ ।
यसका साथै ट्रम्पको अनुहारभरि रगत लत्पतिएको समेत पाइएको छ । धेरै गोलिका आवाज सुनेको प्रत्यक्षदर्शीहरुले बताएपनि ट्रम्पलाई गोली लागे नलागेको पुस्टि भएको छैन ।
अमेरिकी अधिकारीहरुले ट्रम्प सुरक्षित रहेको बताएका छन् ।
यसबारेको थप विवरणहरु आउने क्रममा रहेको छ ।