(Japan) 1 st May | 2026 | Friday | 3:13:18 AM || (Nepal) 11:58:18 PM
 
 


इजरायली सेनाले गाजाको मानवबस्तिमा क्षेप्यास्त्र हानेर ७१ जनाको ज्यान लियो

  POSTED ON : Sunday, 14 July, 2024 | Views : 776

इजरायली सेनाले गाजाको मानवबस्तिमा क्षेप्यास्त्र हानेर ७१ जनाको ज्यान लियो


एजेन्सी ।

गाजाको स्वास्थ्य मन्त्रालयले युद्धग्रस्त दक्षिण गाजामा शनिबार इजरायली सेनाले क्षेप्यास्त्र प्रहार गरेर ७१ जनाको हत्या गरेको जनाएको छ।


खान युनिस क्षेत्रको घना मानवबस्तिमा भएको आक्रमणमा अन्य २८९ जना घाइते भएको मन्त्रालयले जनाएको छ । धेरै घाइते र मृतकलाई नजिकैको नासेर अस्पतालमा लगिएको छ।


अस्पतालमा एसोसिएटेड प्रेस(एपि)का पत्रकारहरूले ४० भन्दा बढी शवहरू गणना गरेको र त्यहाँका साक्षीहरूले धेरै आक्रमणहरु भएको वर्णन गरेको जनाएको छ ।


उत्तरी रफाहदेखि खान युनिससम्म फैलिएको इजरायलले तोकेको मानवीय क्षेत्र भित्रै आक्रमण गरेर नरसंहार मच्चाएको गाजाका अधिकारिहरुले बताएका छन । दशौं हजारौं विस्थापित प्यालेस्टिनीहरू सुरक्षाको खोजीमा घर छाडेर भागेका छन् भने प्रायः अस्थायी पालहरूमा आश्रय लिई रहेका छन्। तर इजरायली सेनाले शरणार्थि क्याम्पहरुमा समेत अन्धाधुन्ध बम, क्षेप्यास्त्र र गोली प्रहार गरी दैनिक दर्जनौं निहत्था सर्वसाधारणको ज्यान लिंदै आएको बताइन्छ ।


इजरायलले अक्टोबर ७ मा हमासको आक्रमण पछि गाजामा थालेको आक्रमण देखि हाल सम्म इजरायली भू-आक्रमण र बमबारीले गाजामा करिव ४० हजार मानिसहरुको ज्यान गएको छ भने ९०,००० भन्दा ज्यादा घाइते भएको गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


गाजाका २३ लाख मानिसहरूमध्ये ८० % भन्दा बढी घरबाट विस्थापित भएका छन् ।